काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि ओलीले ललिता निवास प्रकरणबारे आफूलाई प्रष्ट थाहा नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै उनले ललिता निवास प्रकरण लगायतका काण्ड आफूले राम्रोसंग नबुझेको तर्क गरेका हुन् ।
उनले भने, ‘ललिता निवास प्रकरणलगायत भ्रष्टचारको काण्ड मैले राम्रो संग बुझेको छैन । के गरिरेको छ राम्ररी बुझेको छैन बुझ्न बाँकी छ ।’
त्यस्तै कोशी प्रदेश नामाकरणको विषयमा आफ्नो पार्टीका सांसदमाथि आक्रमण भएको भन्दै असन्तुष्टि पोखे । अन्य दल आफ्नो जिम्मेवारीबाट भागेको उनको आरोप छ ।
Facebook Comments Box
