काठमाडौं । ठूलो पर्दामा काम गरेपछि सानो पर्दामा काम गर्नुहुदैन भन्ने कहीँ नलेखिएको भन्दै आफूले जुनसुकै भूमिकालाई सम्मान गर्ने नायिका प्रियंका कार्कीले तर्क गरेकी छन् ।
हिमालयन रोडिजको प्रसारणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा उनले आफू सानो पर्दाबाट आएको भन्दै आफूले आफ्नो काममा गर्व गर्ने बताइन्।
‘कहीँ पनि लेखिएको छैन् कि ठुलो पर्दामा काम गरेपछि सानो पर्दामा गर्नु हुदैन् भनेर म सानो पर्दामै काम गरेर आएको मान्छे हु ।’ उनले भनिन्, ‘ सानो पर्दामा काम गर्दा वित्तिकै ठूलो पर्दामा काम छैन् भन्ने होइन् ।’
पछिल्लो समय भूमिका नपाएको हो भन्ने प्रश्नमा, ‘भौतारिएर हिडेको भए म घरमा हुन्थ्ये होला, यति धेरै बिजी भइरहेको छु । सो भौतारिएर हिँडेको भए यस्तो बिजि स्केजुल हुदैनथ्यो होला ’ उनले भनिन् ।
रियालिटी शो ‘हिमालय रोडिज’को पाचौं सिजनमा नायिका प्रियंका कार्की जजको रुपमा देखिने छिन् ।
उनले नायिक दिया मास्केको ठाउँ लिएकी हुन् । अब यस सिजनमा जजको रुपमा प्रियंकासंगै आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई दर्शकले देख्न पाउने छन् ।
सिजनको थिम ‘जर्नी टु एक्स्ट्रिम’ राखिएको छ । यसपटकको संस्करणलाई टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीले होस्ट गर्नेछन् ।
