झापा । मेचीनगर नगरपालिका-१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेकी इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।
पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए । सिलगुढी निवासी उनी एक वर्ष अघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।
Facebook Comments Box
