काठमाडौं । कान्तिपुर दैनिकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
आर्थिक मन्दीको बहानामा कर्मचारीहरुको तलब नदिने र कामबाट निकाल्ने काम भएको भन्दै कान्तिपुरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले आज थापाथलीस्थित विजनेश पार्कमा रहेको कान्तिपुर कार्यालय अगाडि श्रमको उचित मूल्य पाउनु पर्ने मागसहित प्रर्दशन गरेका हुन् ।
उक्त आन्दोलनमा विगत २१ वर्षदेखि कान्तिपुरमा कार्यरत राजकुमार रिजालले कान्तिपुरले आर्थिक मन्दीको बहानामा तलब नदिने र छलफलका लागि जाँदा पनि झुलाउने काम गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए ।
उनले संस्थामा कार्यरत ४ वटा सक्रिय युनियनसहितको संयुक्त संघर्ष समिति गठन गरेर २०८० जेठ १५ गते ७ बुदेँ माग पत्र २१ दिनको समय सिमासहित पेश गरे पनि पटक पटकको छलफलमा पनि सम्बोधन हुन नसकेको बताए ।
Facebook Comments Box
