Author: खबरमञ्च

झापा । मिटरव्याजीको आरोप लगाउँदै झापा बिर्तामोडका नवराज बिमलीको घर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ ।   पार्टीका नेता तथा कार्यकर्ताले बिर्तामोडमा प्रदर्शन गर्दै बिमलीको घर कब्जा गरेका हुन् । नेकपाका मेची ब्यूरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा भेला भएका नेता कार्यकर्ताहरूले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका हुन् । विमलीले सयौं जनतालाई घरबारविहीन बनाएको, जनतालाई चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितहरुलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ । उनले ‘लुटेका’ सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जनाएको छ ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन तोडेका छन् । चितवनकी होम कुमारी बरालले चलाउनेलाई दही खुवाएर अनशन तोडाएकी हुन् । उनी आजै चितवनबाट काठमाडौं आएकी हुन् । चलाउनेमाथि कुटपिट हुँदा उनलाई होमकुमारी बरालले नै बचाएकी थिइन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए । सर्वोच्च अदालतले बिहीबार चलाउनेमाथि आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि चलाउनेले अनशन तोडेका हुन् । चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा उनी अनशन बसेका थिए ।

Read More

काठमाडौं । धनकुटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । जिल्लाको साँगुरीगढी ४ फाक्सिबमा ३२ वर्षीया विष्णुमाया लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेर हत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार उपचारको क्रममा उनको निधन भएपछि लिम्बुलाई पक्राउ गरिएको हो । घरायसी विवादमा बुहारीले सासुलाई कुटपिट गरेको र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ । मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिएपछि बुहारी बिष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन भत्किने संभावना रहेको बताएका छन् । शनिबार काठमाडौं ४ मा आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी कांग्रेस महामन्त्री एवं सांसद थापाले सरकार बन्ने, गठबन्धन भत्किने सामान्य प्रक्रिया भएकाले अहिलेको गठबन्धनले नराम्रो गरे सरकार फेर्न सकिने बताएका हुन्। कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको  महामन्त्री थापाको भनाइ छ। समाजवादी मोर्चामा एमाले पनि थपिएर कम्युनिस्ट एकै ठाउँ भए पनि कांग्रेसलाई फरक नपर्ने उनले दाबी गरे। महामन्त्री थापाले निर्वाचन प्रणालीकै कारण वडादेखि पालिका र प्रदेशदेखि केन्द्रसम्मै गठबन्धन गर्नुपर्ने अवस्था रहेको उनले बताए। यस्तो निर्वाचन प्रणाली भएपछि कसरी सरकार बन्छन् भने…

Read More

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी निकट प्रवासी नेपाली एकता समाज (पानस)को अन्तर्राष्ट्रिय भेलालाइ सम्बोधन गरेका छन् । विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता समाजका अगुवा भेलालाई अध्यक्ष लिङ्देनले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन् । अन्तर्राष्ट्रिय समन्वय समिति (पानस)ले कार्यक्रमको संयोजन गरेको थियो । यसअघि काठमाडौंमा पानसको अन्तर्राष्ट्रिय समिति र केन्द्रीय प्रवास विभागको संयुक्त बैठकले राष्ट्रिय समन्वय समिति र अन्तर्राष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको थियो । भर्चुअल बैठकबाट अगस्ट ३१ सम्ममा राष्ट्रिय समन्वय समितिको र अक्टोबर २७, २८ मा अन्तराष्ट्रिय समितिको अधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिए । विभिन्न देशमा हुने…

Read More

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने कोसिस गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेले चलखेल गरेको आरोप लगाएका हुन् । “ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने आजको पत्रिकामा पढ्नुभयो होला । केपी ओलीले काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छौँ भनिरहेको छ । सुन्नुभएको छ हैन ?,” उनले भने । उनले कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर काँग्रेसलाई…

Read More

झापा । पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै ८ अर्ब ५० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । यही असार १ र २ गते ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो । उत्पादनमा रहेका एक सय ३२ मेगावाट क्षमताका १३ आयोजनामा करिब रु छ अर्बको क्षति भएको छ । विद्युत् उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली ‘बी’–१ मा रु ५० करोड बराबरको क्षति भएको छ । उत्पादनमा…

Read More

झापा । ‘दर्पण छायाँ’बाट अभिनयमा चर्चा बटुलेका नेपाली चलचित्रका कलाकार उत्तम प्रधानले ‘दर्पण छायाँ फेरि पनि’ नामक नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । करिब अढाइ दशक अघि दर्पण छायाँ चलचित्र सुपरहिट भएको थियो । तुलसी घिमिरेले निर्देशन गरेको उक्त चलचित्रमा नायक उत्तम प्रधानको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए । दर्पण छायाँमा कलाकार प्रधान अन्धोको भूमिकामा देखिएका थिए । तिनै सुपरस्टार नायक प्रधानले दर्पण छायाँको सिक्वेल ल्याउन लागेका हुन् । ‘मलाई दर्पण छायाँले चिनायो,’ उनले भने, ‘दर्शकबाट पाएको त्यो मायालाई मैलै बिर्सन सक्दिन । त्यही भएर दर्पण छायाँको सिक्वेल बनाउन लागेको छु ।’ लामो समय नेपाली चलचित्र क्षेत्रबाट टाढै…

Read More

काठमाडौं । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर शुक्रबार विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ५ बजेर ५५ मिनेट जाँदा लमजुङको राइनास नगरपालिका भलायखर्क आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । लमजुङ, तनहुँ र गोरखामा भूकम्पको धक्का महसुश गरिएको थियो । यो भूकम्प गोरखा भूकम्पको परकम्पन नभई नयाँ भूकम्प भएको पनि भूकम्प मापन केन्द्रले जनाएको छ ।

Read More

ओखलढुंगा । ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

Read More