झापा । मिटरव्याजीको आरोप लगाउँदै झापा बिर्तामोडका नवराज बिमलीको घर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ ।
पार्टीका नेता तथा कार्यकर्ताले बिर्तामोडमा प्रदर्शन गर्दै बिमलीको घर कब्जा गरेका हुन् ।
नेकपाका मेची ब्यूरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा भेला भएका नेता कार्यकर्ताहरूले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका हुन् ।
विमलीले सयौं जनतालाई घरबारविहीन बनाएको, जनतालाई चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितहरुलाई धम्क्याएको आरोप नेकपाले लगाएको छ ।
उनले ‘लुटेका’ सबै सम्पत्ति फिर्ता नगरेसम्मका लागि उनको घर कब्जा गरिएको नेकपाले जनाएको छ ।
Facebook Comments Box
