काठमाडौं । धनकुटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ ।
जिल्लाको साँगुरीगढी ४ फाक्सिबमा ३२ वर्षीया विष्णुमाया लिम्बुले गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेर हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार उपचारको क्रममा उनको निधन भएपछि लिम्बुलाई पक्राउ गरिएको हो । घरायसी विवादमा बुहारीले सासुलाई कुटपिट गरेको र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ ।
मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिएपछि बुहारी बिष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
