ओखलढुंगा । ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् ।
गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
Facebook Comments Box
