Author: खबरमञ्च

झापा- झापाको बिर्तामोडमा ‘YAHA CHHA’ नामक नयाँ डिजिटल एपको शुभारम्भ भएको छ। यो एपले सेवाग्राही र सेवाप्रदायकलाई एकै ठाउँमा ल्याउने पुलको काम गर्नेछ। बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले एक कार्यक्रमबीच यो एपको उद्घाटन गरेकी हुन्। रुट्देभ्स सफ्टवेयर डेभेलपमेन्ट प्रालिले निर्माण गरेको यो एपले मानिसहरूलाई घरमै बसेर विभिन्न सेवाहरू लिन सहज बनाउनेछ। कम्पनीका अनुसार, यो एपले दक्ष विशेषज्ञहरूलाई काममा लगाउन र सुरक्षित रूपमा भुक्तानी पाउन मद्दत गर्नेछ। बिर्तामोडकी नगरप्रमुख प्रसाईंले हरेक सीपको कदर गर्दै नेपालमै डिजिटल व्यापारको सम्भावनालाई यो एपले उजागर गर्ने बताइन्। यो एप प्रयोग गर्न सेवाग्राहीले कुनै शुल्क तिर्नु पर्दैन। सेवाप्रदायकले भने आफ्नो भुक्तानी खल्तीमार्फत सुरक्षित रूपमा पाउनेछन्।…

Read More

बिर्तामोड- प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषलाई नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले सहयोग गरेका छन् । एमाले उपाध्यक्ष ढुङगेलले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । पत्रकार उपचार सहयोग कोषलाई सहयोग गर्ने यसअघि नै घोषणा गरेका ढुङगेलले आज सहयोग रकम प्रदान गरेका हुन् । उपाध्यक्ष ढुङगेलले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । सूचना तथा सञ्चार क्षेत्रका क्रियाशिल पत्रकारहरुको स्वास्थ्य उपचारका लागि स्थापित कोषमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरेका छन् । आफू पनि सामाजिक एवम् राजनीति जीवनमै क्रियाशिल रहेकोले कोषमा योगदान गरेको जानकारी दिए। पत्रकारहरुको…

Read More

झापा- नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक सहकारी संस्थाको संयुक्त आयोजनामा पत्रकार उमाकान्त खनाललगायत चार जनालाई पुरस्कृत गरिएको छ। नेपाल निजामती कर्मचारी संगठनका कुशल संगठक स्वर्गीय प्रमोद तामाङको स्मृतिमा स्थापित नगद राशि ९ हजार ९ सय ९९ र सम्मान पत्रसहित सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार खनाल पुरस्कृत भएका हुन्। उनी देशसञ्चार अनलाइनका उपसम्पादक तथा खबरमञ्च अनलाइनका प्रधान सम्पादक हुन्। अढाइ दशक भन्दा लामो समय पत्रकारिता पेशामा आबद्ध खनालले बीबीसी नेपाली सेवालगायत थुप्रै प्रतिष्ठित सञ्चारमाध्यममा काम गरिसकेका छन्। त्यस्तै स्वर्गीय प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट अर्जुनधारा नगरपालिकाका इन्जिनियर कमलराज पौड्याल तथा डिभिजन बन कार्यालय अन्तर्गत कनकाई सब डिभिजन कार्यालयमा कार्यरत…

Read More

झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक मूल्य तथा मान्यताविपरीत संसद चलिरहेको बताएका छन्। राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आवाजलाई जानाजानी दबाइएको उनले आरोप लगाएका हुन्। आइतबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रजातन्त्रको आधारभूत मूल्यविपरीत संसद् चलिरहेको भन्दै आक्रोश व्यक्त गरे। लिङ्देनले प्रजातन्त्रमा प्रत्येक सांसदको आवाज सुन्नुपर्नेमा जोड दिँदै भने, “हाम्रो परिकल्पना के हो भने संसद्मा प्रतिनिधित्व गर्ने एक जना सांसदको पनि आवाज सुन्नुपर्छ।” तर, राप्रपा र रास्वपाजस्ता दुई ठूला दलको विरोधलाई पनि सुनुवाइ नगरिएको उनको गुनासो थियो। संसद्मा आफ्ना कुरा नसुनिएपछि अब यी दुई दल सडकमार्फत आफ्नो आवाज उठाउन बाध्य हुने उनले चेतावनी दिए। नयाँ नेतृत्वलाई…

Read More

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन भएका छन् । शनिवार सम्पन्न जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा घोषणा गरेको हो। निर्वाचन कार्यक्रममा अध्यक्षमा ओझाबाहेक अरु कसैले पनि मनोनयन दर्ता गरेनन् । शुक्रबार अन्तिम नामवली प्रकाशन गरिएको थियो । दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न लागेका ओझा यसअघि दुईपटक जिल्ला सचिव भएका थिए । राप्रपाको विधानमा कुनै पनि पदमा दुई कार्यकाल रहन पाउने व्यवस्था गरिएको छ ।

Read More

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरेर आफूसँग प्रतिस्पर्धा गर्न चुनौती दिएका छन्। शनिबार झापाको बिर्तामोडमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले ओलीलाई यस्तो चुनौती दिएका हुन्। उनले आफूलाई जनतामाझ निकै लोकप्रिय ठान्छन् भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका रूपमा प्रतिस्पर्धा गर्न आग्रह गरे। यसका साथै, उनले आवश्यक परे झापा क्षेत्र नम्बर ५ बाटसमेत निर्वाचन लड्न तयार रहेको स्पष्ट पारे। लिङ्देनले प्रधानमन्त्री ओलीले आफ्ना कार्यकर्तालाई आफू झापामा कहाँबाट चुनाव जित्छन्, हेरौंला भनेर भनेको कुरालाई लिएर सांसद बन्नु वा नबन्नु भन्दा माथि उठेर आफू…

Read More

झापा- झापाको बिर्तामोड २ मा जीवन ढुंगानाले संचालन गरेको ड्रिमल्याण्डको कम्पाउण्डभित्र रहेको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजे स्वीमिङ पुलमा बिर्तामोड वडा न.३ बस्ने ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड वडा न.१० बस्ने ३३ वर्षीय केशब शिवाकोटी पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु भएको हो । मृतक ओमकार रेडिमिक्स कंक्रिट प्रालिका संचालक हुन् । शुक्रबार राति ८ बजे स्वीमिङ पुल संचालकले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएपछि प्रहरी टोली पुगी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा आज बिहान प्रस्थान गरेका छन् । उनले चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (एस.सी.ओ.) को शिखर सम्मेलनमा भाग लिनेछन्। प्रधानमन्त्रीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले अनुमोदन गरेको हो । बैठकमा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उठाउने एजेन्डाहरूका विषयमा मन्त्रीहरूसँग छलफल गरेका थिए। सन् २००१ मा स्थापना भएको सांघाई सहयोग संगठन विश्वकै सबैभन्दा ठूला क्षेत्रीय संगठनमध्ये एक हो । यसका पूर्ण सदस्य राष्ट्रहरूमा चीन, रुस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस छन् । नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया,…

Read More

झापा- सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरोधमा झापाका संस्थागत विद्यालयका सञ्चालकहरूले बिहीबार विरोध र्‍याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भइसकेको शिक्षा विधेयकका केही बुँदामा आपत्ति जनाउँदै प्याबसन, नेशनल प्याबसन, हिसान, नेपाल मन्टेश्वरी एसोसिएसन र अपेनका पदाधिकारी तथा सञ्चालकहरूले संयुक्त रूपमा आन्दोलन गरेका हुन् । टी-युनियन चोकमा भेला भएका उनीहरूले नाराबाजीसहित जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर कोणसभा आयोजना गरे । कोणसभापछि उनीहरूले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा राखिएका मुख्य मागहरू: १. निजी विद्यालयहरूलाई क्रमशः गैर-नाफामूलक बनाउने भन्ने वाक्यांश हटाउनुपर्ने । २. ‘पूर्ण…

Read More

झापा- झापामा निजामती सेवा दिवस, २०८२ मनाउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय झापामा कार्यालय प्रमुखहरूको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। सो अवसरमा जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् । भाद्र २० गते, शुक्रबार: बिहान ७:०० बजे: प्रमुख जिल्ला अधिकारीको कार्यालय अगाडि धनुषमोडबाट उत्तरतर्फको चारआलीसम्म सडकमा रोपिएका बिरुवाहरूको गोडमेल गर्ने र खाली स्थानमा वृक्षारोपण गर्ने । यो कार्यक्रम संयोजन गर्ने जिम्मा डिभिजन वन कार्यालयलाई दिइएको छ । दिउँसो ३:३० बजे: प्रमुख जिल्ला अधिकारी र ट्रेड युनियन पदाधिकारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिने । यसको संयोजन ट्रेड युनियनहरूले गर्नेछन् । भाद्र २२ गते, आइतबार: बिहान ७:०० बजे: जिल्ला प्रशासन कार्यालयमा भेला भई र्‍याली तथा…

Read More