बिर्तामोड- प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित पत्रकार उपचार सहयोग कोषलाई नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेलले सहयोग गरेका छन् ।
एमाले उपाध्यक्ष ढुङगेलले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । पत्रकार उपचार सहयोग कोषलाई सहयोग गर्ने यसअघि नै घोषणा गरेका ढुङगेलले आज सहयोग रकम प्रदान गरेका हुन् ।
उपाध्यक्ष ढुङगेलले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । सूचना तथा सञ्चार क्षेत्रका क्रियाशिल पत्रकारहरुको स्वास्थ्य उपचारका लागि स्थापित कोषमा सहयोग गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
आफू पनि सामाजिक एवम् राजनीति जीवनमै क्रियाशिल रहेकोले कोषमा योगदान गरेको जानकारी दिए। पत्रकारहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा विभिन्न अवसर पारेर सहयोग गर्ने क्रम जारी रहेको छ ।
उपचार कोषलाई यो कार्यकालमा १५ लाख पुराउने योजना अनुसार काम भइरहेको कोषको संयोजक भीमा शिवाकोटीले जानकारी दिइन् । कोषमा ७ लाख रुपैयाँ पुगेको छ । कोषको व्याजबाट उपचारमा सहयोग गर्ने कार्यविधि रहेको शिवाकोटीले जानकारी दिइन्।
