झापा- राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन भएका छन् ।
शनिवार सम्पन्न जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा घोषणा गरेको हो।
निर्वाचन कार्यक्रममा अध्यक्षमा ओझाबाहेक अरु कसैले पनि मनोनयन दर्ता गरेनन् । शुक्रबार अन्तिम नामवली प्रकाशन गरिएको थियो ।
दोस्रो कार्यकालका लागि अध्यक्ष बन्न लागेका ओझा यसअघि दुईपटक जिल्ला सचिव भएका थिए । राप्रपाको विधानमा कुनै पनि पदमा दुई कार्यकाल रहन पाउने व्यवस्था गरिएको छ ।
Facebook Comments Box