Author: खबरमञ्च

काठमाडौं । राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोतिज साक्षात्कारमा नेता गौतमले सुन तस्करीमा नेताहरु संलग्न हुन्छन भन्ने आरोप निराधार भएको दावी गरे । उनले हरेक अपराधमा हचुवाको भरमा नेताहरुको नाम जोड्न गरिएको गुनासो पनि गरे । उनले भने, ‘सुन तस्करीमा राजनीतिक संलग्नता हुँदैन् । यो गलत कुरा हो । कति ठाउँ बलात्कार हुन्छ ? राजनीतिक संलग्नता हुन्छ त ? कति ठाउँमा चोरी हुन्छ ? अनि के राजनीतिक संलग्नता हुन्छ ? कति ठाउँ बाटाघाटामा मानिसहरु मार्दैै हिँड्छन् ? त्यहाँ…

Read More

काठमाडौं । लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले पीडितले न्याय पाउनु पर्ने माग गर्दै राष्ट्र बैंक अगाडि प्रदर्शन गरेको छ । समितिका सदस्यले तथा पीडितले शनिबार राष्ट्रिय बैंक अगाडि प्रर्दशन गर्दै सरकारले आफ्ना माग पूरा नगरे थप आन्दोलन गर्ने चेतावनी दिए । प्रर्दशनमा सहभागीहरुले सरकारले गैर कानूनी रुपमा आफूहरुलाई ऋण लिन बाध्य बनाएको आरोप लगाए । प्रदर्शनका सहभागीहरुले सरकारका प्रतिनिधिले नै आफूहरुलाई अनावश्यक दुःख दिएको तर्क गरे । पीडित विष्णु माया बुढाथोकीले बाध्य पारेर किड्नी माग्ने, आँखा माग्ने,  जीउँदो मान्छेको मृत्यु दर्ता माग्ने गरिएको आरोप लगाइन् । उनले भनिन्, ‘यो बार तोडियोस् हामी त्यहीँ गएर, मृत्यु दर्ता बुझाउँछौं ।…

Read More

इटहरी । सुनसरीको इटहरीमा पिकअप र मोटरसाइलक एकापसमा टोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर डब्ल्यु बी ७३ इ ९११७ को पिकअप भ्यानसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल शुक्रबार राति एकापसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार चार जनामध्ये तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इटहरी १६ बस्ने करण चौधरी, सोही स्थानका शम्भु चौधरी र अनिनेश चौधरी छन् । कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शुक्रबार राति इटहरीको कान्छी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चार जनालाई धरानस्थित बीपी…

Read More

काठमाडौं । उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । उपचारमा संलग्न डाक्टरको लापरबाहीका कारण सोनियाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका थिए। आक्रोशित समूहले हिजो साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गर्नुका साथै सडक समेत अवरुद्ध पारे । उक्त घटनापछि चिकित्सकहरू अस्पताल छाडेर भागेको र अस्पतालका बिरामीलाई पनि अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेद प्रसाद गौतमले अस्पताल प्रशासनले भएका बिरामीलाई अन्यन्त्रै सारेर डाक्टरहरु भागेको जानकारी दिएका छन् । घटनाबारे थप…

Read More

काठामाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीनदिने विदेश भ्रमणका लागि इटाली जान लागेका छन् । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड सहितको एक टोली आज साँझ इटाली जान लागेका हुन्। इटाली भ्रमणको लागि आवश्यक तयारी करिब पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित अन्य विषयमा हुने आवश्यक सम्झौता तथा समझदारीका पक्षमा खाका तयार भएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको…

Read More

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार शनिवार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । हाल देशभर मौसम आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज राति देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ…

Read More

काठमाडौं । सभामुख देवराज घिमिरेले उपयुक्त कानून निर्माण गर्न प्रदेश सभालाई सुझाव दिएका छन् । सङ्घीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा उनले संविधानको मर्म र भावनाअनुसार ऐन, कानुन बनाएर जनताको पक्षमा काम गर्ने सिर्जनशील बाटो रोज्न सक्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले प्रदेशगत विविधता र विशिष्टताका आधारमा जनअपेक्षाअनुरूप काम गर्न प्रदेश सभामुख र उपसभामुखलाई सुझाव दिए । ‘संसदीय प्रणालीलाई तीन तहका सरकारले कसरी अघि लैजान्छन् भनेर अन्तर्राष्ट्रिय जगतले हेरिरहेको छ’ उनले भने ‘सेवा प्रवाह र कानुन बनाउन हाम्रा गतिविधि कुन ढङ्गले अघि बढ्छन्, त्यसमा निर्भर गर्छ ।’ त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निष्पक्ष, विधिसम्मत र अन्तर्राष्ट्रिय मूल्यमान्यताका आधारमा…

Read More

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ । सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरुले तस्करीको सुन भन्सारबाट सहज रुपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् । सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरुले सर्वसाधारणलाई कचकच तस्करलाई रजगज, सुन तस्करलाई पक्राउ गर, सेटिङमा सरकारको लस्कर, विगविगी सुन तस्कर, ‘सुन तस्करलाई फाँसी दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Read More

काठमाडौं । स्वतन्त्र कानून व्यवसायीहरुले सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै आक्रोशित बनेका छन् । शुक्रबार उक्त विषयलाई लिएर स्वतन्त्र कानून व्यवसायीहरुले महान्यायाधीवक्ताको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । कानून व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार सुन काण्डका मुख्य अपराधी बचाउन र सोझा सीधा गरीबलाई थुनामा लिइ प्रहरीले यातना दिएर बयान लिने गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् । उनले भने, ‘अनुसन्धान गर्दा प्रहरीले जथाभावी गर्ने र प्रतिवादीका वकिलहरुलाई नराख्ने, जो दोषी छ, उस्लाई उन्मुक्ति दिने, जो निर्दोष छ उसलाई सताउने काम गरेको छ । यसले गर्दा न्याय  सम्पादन कार्यमा असहजता भयो । सुन १०० केजी, १५० केजी आउन थाले भरिया पक्राउ…

Read More

काठमाडौं । ललितानिवास जग्गा प्रकरणको अनुसन्धानको क्रममा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत थुनामुक्त हुने भएका छन् । राउतका परिवारले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको बहस पछि सर्वोच्च अदालतले राउतलाई थुनामुक्त गर्न आदेश दिएको हो । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामुक्त गर्न आदेश दिएको हो । राउतलाई थुनामै राखेर अनुसन्धान गनुृपर्ने आधार, कारण र औचित्य नदेखिएको न्यायाधीशद्वय ढुंगाना र सुवेदीको राय थियो । थुनामुक्त हुने भएपनि राउतलाई अनुसन्धान नसकिएसम्म भने नेपाल बाहिर जान भने सर्वोच्चले प्रतिवन्ध लगाएको छ । भूमि व्यवस्था मन्त्रालयका सहसचिव हुँदा ललित निवासको जग्गामा टिप्पणी उठाएको आधारमा…

Read More