काठमाडौं । लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले पीडितले न्याय पाउनु पर्ने माग गर्दै राष्ट्र बैंक अगाडि प्रदर्शन गरेको छ ।
समितिका सदस्यले तथा पीडितले शनिबार राष्ट्रिय बैंक अगाडि प्रर्दशन गर्दै सरकारले आफ्ना माग पूरा नगरे थप आन्दोलन गर्ने चेतावनी दिए ।
प्रर्दशनमा सहभागीहरुले सरकारले गैर कानूनी रुपमा आफूहरुलाई ऋण लिन बाध्य बनाएको आरोप लगाए । प्रदर्शनका सहभागीहरुले सरकारका प्रतिनिधिले नै आफूहरुलाई अनावश्यक दुःख दिएको तर्क गरे ।
पीडित विष्णु माया बुढाथोकीले बाध्य पारेर किड्नी माग्ने, आँखा माग्ने, जीउँदो मान्छेको मृत्यु दर्ता माग्ने गरिएको आरोप लगाइन् ।
उनले भनिन्, ‘यो बार तोडियोस् हामी त्यहीँ गएर, मृत्यु दर्ता बुझाउँछौं । नेपालका दिदी बहिनीहरु नेपाल सरकारका जनता होइनन् भने देखाइयोस् हाम्रो सरकार । कहाँ छ हाम्रो सरकार ? हामी पीडित यहाँ छौं, अन्धो सरकार कहाँ छ ? ’
