काठमाडौं । उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।
उपचारमा संलग्न डाक्टरको लापरबाहीका कारण सोनियाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका थिए। आक्रोशित समूहले हिजो साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गर्नुका साथै सडक समेत अवरुद्ध पारे ।
उक्त घटनापछि चिकित्सकहरू अस्पताल छाडेर भागेको र अस्पतालका बिरामीलाई पनि अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेद प्रसाद गौतमले अस्पताल प्रशासनले भएका बिरामीलाई अन्यन्त्रै सारेर डाक्टरहरु भागेको जानकारी दिएका छन् । घटनाबारे थप छानविन भैरहेको उनको भनाइ छ ।
Facebook Comments Box
