Author: खबरमञ्च
काठमाडौं । मिटरव्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले मिटरब्याज समस्या समाधान गर्ने नाममा सरकारले फितलो ऐन ल्याएको आरोप लगाएको छ । सोमबार संघर्ष समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको ऐनले विद्यमान समस्या समाधान गर्न नसक्ने दाबी गरेको हो । सरकारले पीडितको माग सम्बोधन नगरी अलोकतान्त्रिक तरिकाबाट ऐन ल्याएको संघर्ष समितिको आरोप छ । सरकारले दृष्टिबन्धक, रजिष्ट्रेसन, फर्जी तमसुक, छिनुवापासको खारेजीमा चासो नदेखाएको उनीहरुले आरोप लगाए । संघर्ष समितिले ऐनका विभिन्न दफाहरुले साहुमहाजनकै पक्ष लिएको बताएको छ । सरकारले जारी गरेको ऐनमा पीडित पक्षको आवाज सुनुवाइ नभएको उनीहरुको ठहर छ । सरकारले ल्याएको विधेयकमा ‘भूतप्रभावी (पश्चातदर्शी) हुने छैन’ भनेर…
काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनबीच भर्चुअल संवाद भएको छ । आइतबार नेपाल आएका नेता जियाजुनलाई संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणका लागि धन्यवाद ज्ञापन गर्दै स्वागत गरेको उनको उनको सचिवालयले जनाएको छ । ‘चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ। भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पुरानो सत्ता फालेर नयाँ सत्ता निर्माण नभएसम्म जनताको समस्या समाधान नहुने दोहोर्याएका छन् । काठमाडौंमा आयोजित वर्तमान सन्दर्भमा पुष्पलाल विषयक अन्तर्क्रियामा उनले राज्य सत्ता परिर्वतन नभएसम्म जनताका समस्या ज्यूँका त्यूँ रहने जिकिर गरे । आफूसंग बन्दुक नै नभएपनि बन्दुके भन्ने गरिएको उनको टिप्पणी छ । देशलाई निराशामा जान दिनु हुन्न भन्नेमा सबै नेता एक हुनु पर्ने उनको तर्क छ ।
काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख भन्दाबढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्रीको सल्लाहकार रहेको तथा अन्य प्रमुख नेताहरुसंग चिनजान रहेको भन्दै बिभिन्न कम्पनीहरु तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर पैतालिस लाख भन्दाबढी रकम ठगी गरेको आरोपमा काठमाडौं नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय बिशाल खनाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुले स्कारपियो जिप समेत लिइ फरार रहेको भन्दै उजुरी परेको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमक,…
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई कमजोर बनाउने काम केही निश्चित व्यक्तिहरुबाट भइरहेको बताएका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका बस्नेतले केही सदस्यले पार्टी विधि विधान मिचेर हिड्न खोजेको आरोप लगाए । बस्नेतले बाहिर जे कुरा आएका छन्, त्यस्ले पार्टीलाई बलियो नबनाउने भन्दै नेतृत्व युवाले गर्नुपर्ने तर युवा पनि आफै हुनु पर्ने भावना देखिनु गलत भएको बताए ।
काठमाडौं । आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीति पारित भएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आइतबारको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक महासचिवको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेको छ । पुष्पलाल स्मृति उद्यानमा नेकपा (एकीकृत समाजवादी)ले एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य कम्युनिस्ट पार्टीहरूले पनि विभिन्न कार्यक्रम गरेर पुष्पलालको स्मृति दिवस मनाउँदैछन् । विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने…
जनकपुर । नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको हो । हिजो शनिबार रातीको समयमा मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भारतीय प्रहरीले नै गरिरहेको छ ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । हाल देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज राति देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ। आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार अपरान्ह इटाली प्रस्थान गरेका हुन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल पनि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो…