काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाख भन्दाबढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्रीको सल्लाहकार रहेको तथा अन्य प्रमुख नेताहरुसंग चिनजान रहेको भन्दै बिभिन्न कम्पनीहरु तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर पैतालिस लाख भन्दाबढी रकम ठगी गरेको आरोपमा काठमाडौं नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय बिशाल खनाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुले स्कारपियो जिप समेत लिइ फरार रहेको भन्दै उजुरी परेको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको कोटेश्वरबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान एवं कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको बताइएको छ ।
Facebook Comments Box
