काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।
हाल देशभर मौसम आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज राति देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ।
आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकोले मनसुनी वर्षा विस्तारै घट्दै गएको छ ।
