काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई कमजोर बनाउने काम केही निश्चित व्यक्तिहरुबाट भइरहेको बताएका छन् ।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका बस्नेतले केही सदस्यले पार्टी विधि विधान मिचेर हिड्न खोजेको आरोप लगाए ।
बस्नेतले बाहिर जे कुरा आएका छन्, त्यस्ले पार्टीलाई बलियो नबनाउने भन्दै नेतृत्व युवाले गर्नुपर्ने तर युवा पनि आफै हुनु पर्ने भावना देखिनु गलत भएको बताए ।
Facebook Comments Box
