काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले पुरानो सत्ता फालेर नयाँ सत्ता निर्माण नभएसम्म जनताको समस्या समाधान नहुने दोहोर्याएका छन् ।
काठमाडौंमा आयोजित वर्तमान सन्दर्भमा पुष्पलाल विषयक अन्तर्क्रियामा उनले राज्य सत्ता परिर्वतन नभएसम्म जनताका समस्या ज्यूँका त्यूँ रहने जिकिर गरे ।
आफूसंग बन्दुक नै नभएपनि बन्दुके भन्ने गरिएको उनको टिप्पणी छ ।
देशलाई निराशामा जान दिनु हुन्न भन्नेमा सबै नेता एक हुनु पर्ने उनको तर्क छ ।
Facebook Comments Box
