Author: खबरमञ्च
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले शरणार्थी प्रकरणमा बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताले गृहमन्त्रीलाई धन्यवाद दिएको प्रति आक्रोश व्यक्त गरेकी छिन् । पार्टी मुख्यालय सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै खतिवडाले आक्रोश व्यक्त गरिन । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति आलोचना गरिन् । उनले भनिन ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन । त्यस्तै अभियोग लागेको…
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेँसी ज्वेलर्सको सटर छेउमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि पुगेको नेपाली सेनाको टोलीले सो वस्तु बम नभएको पुष्टि गरेको हो । शंकास्पद वस्तु राखेको थाहा पाएपछि घटनास्थल पुगेको नेपाली सेनाको टोलीले डिस्पोजको क्रममा सो वस्तु बम नभएको पुष्टि गरेको हो । यसैबीच प्रहरीले सुन पसलमा शंकास्पद बस्तु राखेर जनजीवन त्रसित बनाउने खजाञ्ची पासवानलाई पक्राउ गरेको छ । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए…
काठमाडौं । गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको ‘बगान’ले नेपाली चलचित्रमा सफलताको नयाँ उचाइ छुने संकेत दिएको छ । मंगलवार देशभर राम्रो अकुपेन्सीसहित चलेको यो चलचित्रले काठमाडौँ उपत्यका बाहिरका हलहरूमा पनि व्यापारको नयाँ सम्भावना देखाएको छ । मंगलवारका शोहरूमा दर्शकको उपस्थिति उच्च देखिएको थियो । यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहित कलाकर्मी, राजनीतिज्ञ, साहित्यकार तथा बिश्लेषकहरूले मंगलवार साँझ ‘बगान’ हेरेका छन् । अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्व राष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिइन् । राजनीतिज्ञ रवीन्द्र मिश्रले जुन बिषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ…
काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई एविरुद्ध फिल्डिङ गर्ने भएको छ । कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिमका लागि यो खेल प्रतिष्ठाका लागि मात्रै हो । नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ । नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल इटली भ्रमणमा निस्कने भएका छन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जाने भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्री दाहालसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल पनि साउन ६ गते बेलुका इटली प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री दाहाल साउन १० गते राति स्वदेश फर्कने छन् । समिट जुलाइ २३ देखि २६सम्म इटालीमा हुँदैछ । त्यस्तै,मन्त्रिपरिषद्को…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार युरो एकको खरिद दर १४७ रुपैयाँ ३४ पैसा र बिक्री दर १४८ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ६९ पैसा र बिक्री दर १७२ रुपैयाँ ४८पैसा पुगेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको छ । क्यानडियन डलरमा आज सामान्य गिरावट आएको छ ।…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । अध्यक्ष ओली गए राति त्यसतर्फ लागेका हुन् । ओलीले कम्बोडिया प्रस्थान गर्नुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेको ओलीको सचिवालयले जनाएको छ । उनीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् । ओली साउन ८ गते स्वदेश फर्कने तालिका छ।
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सरकारले लिनु पर्ने विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको उनको सचिवालयले जनाएको छ । एक सातादेखि मन्त्रिपरिषद् बैठक नबस्दा सरकारका कतिपय नियमित काम प्रभावित भएकाले आजको बैठकले विगतमा रोकिएका केही महत्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ । प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बैठकपछि आजै बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न बिहान ११ बजे गोरखा जाने कार्यक्रम छ । असार २७ गते पत्नी सीताको निधनपछि दाहाल आजबाट सार्वजनिक कार्यक्रम…
काठमाडौं । प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आजबाट सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् । पत्नी सीता दाहाल वियोगमा रहेका प्रधानमन्त्री दाहाल एक सातापछि सार्वजनिक कार्यक्रममा निस्कन लागेका हुन् । असार २७ गते बिहान सीता दाहालको निधन भएपछि प्रधानमन्त्री दाहाल मंगलबारसम्म सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । आज उनले बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले फिल्ड कार्यालयको औपचारिक सुरुवात गर्न लागेको हो । त्यसका लागि प्रधानमन्त्री दाहाल आज बिहान ११ बजे गोरखा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ…
काठमाडौं । नेपाली कांग्रेसको मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगनकुमार थापाले पेस गरेको आगामी एक वर्षको कार्यक्रममा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ । केन्द्रीय समिति बैठकका सामाजिक सञ्जाल फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरेर कांग्रेसले नयाँ सुरुवात गरेको छ । आजको बैठकमा महामन्त्रीबाट प्रस्तावित २०८० को साउनदेखि २०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डरका विषयमा छलफल हुनेछ । गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्नुको साथै समसामयिक विषयमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । झन्डै एक वर्षपछि सुरु भएको केन्द्रीय…