काठमाडौं । प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आजबाट सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन् ।
पत्नी सीता दाहाल वियोगमा रहेका प्रधानमन्त्री दाहाल एक सातापछि सार्वजनिक कार्यक्रममा निस्कन लागेका हुन् ।
असार २७ गते बिहान सीता दाहालको निधन भएपछि प्रधानमन्त्री दाहाल मंगलबारसम्म सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।
आज उनले बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने कार्यक्रम छ ।
लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले फिल्ड कार्यालयको औपचारिक सुरुवात गर्न लागेको हो ।
त्यसका लागि प्रधानमन्त्री दाहाल आज बिहान ११ बजे गोरखा जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
Facebook Comments Box
