काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई एविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो ।
यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिमका लागि यो खेल प्रतिष्ठाका लागि मात्रै हो ।
नेपालले सिनियर टिम खेलाउँदा यूएईले भने युवा खेलाडीहरु समेट्दै दोस्रो रोजाइको टिम खेलाएको छ ।
नेपाल र यूएई ए यसअघि पाकिस्तान ए र भारत ए सँग पराजित भएका थिए ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । यूएई भारतसँग ८ विकेट र पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।
आजै भारत र ए र पाकिस्तान ए बीच खेल हुनेछ । यस खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
समूह ए बाट श्रीलंका ए समूह विजेता र बंगलादेश ए समूह उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।
