काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेँसी ज्वेलर्सको सटर छेउमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि पुगेको नेपाली सेनाको टोलीले सो वस्तु बम नभएको पुष्टि गरेको हो ।
शंकास्पद वस्तु राखेको थाहा पाएपछि घटनास्थल पुगेको नेपाली सेनाको टोलीले डिस्पोजको क्रममा सो वस्तु बम नभएको पुष्टि गरेको हो ।
यसैबीच प्रहरीले सुन पसलमा शंकास्पद बस्तु राखेर जनजीवन त्रसित बनाउने खजाञ्ची पासवानलाई पक्राउ गरेको छ ।
सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको जानकारी दिएपछि अनुसन्धान थालेको प्रहरीले उनलाइ पक्राउ गरि गौशालामा राखेको छ ।
पासवानले सो शंकास्पद वस्नु राख्ने क्रममा सटरमा हस्तलिखित पर्चा समेत टाँसेका थिए ।
