काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सरकारले लिनु पर्ने विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको उनको सचिवालयले जनाएको छ । एक सातादेखि मन्त्रिपरिषद् बैठक नबस्दा सरकारका कतिपय नियमित काम प्रभावित भएकाले आजको बैठकले विगतमा रोकिएका केही महत्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ ।
प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बैठकपछि आजै बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न बिहान ११ बजे गोरखा जाने कार्यक्रम छ । असार २७ गते पत्नी सीताको निधनपछि दाहाल आजबाट सार्वजनिक कार्यक्रम र बैठकमा सहभागि हुन थालेका हुन ।
Facebook Comments Box
