Author: खबरमञ्च
झापा – झापाको बिर्तामोड नगरपालिका–५ मा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा बुधबार साँझ ७ बजे सरोज श्रेष्ठको घरमा सञ्चालनमा रहेको चिया–नास्ता पसलमा छापा मारेको थियो। प्रहरीका अनुसार पसल गोपाल श्रेष्ठले सञ्चालन गरिरहेका थिए, र सोही स्थानमा जुवा खेलिरहेको पाइएपछि उनीसहित आठ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा इलाम, ताप्लेजुङ, पाँचथर र झापाका बासिन्दा छन्, जसले हाल बिर्तामोड आसपासमा बसोबास गर्दै आएका थिए।पक्राउ पर्ने व्यक्तिहरूमा ३८ वर्षीय तीर्थराज तामाङ, ३२ वर्षीय कुशल गुरुङ, ४२ वर्षीय भूपालकुमार कटुवाल, २९ वर्षीय मनकुमार कटुवाल, ४१ वर्षीय हेमबहादुर थापा, ५१ वर्षीय गोपाल श्रेष्ठ,…
झापा- झापाको कनकाई नगरपालिकाले नगरवासीको मृत्यु संस्कारमा सहयोग पुर्याउने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ। यस कार्यक्रमअन्तर्गत मृत्यु भएका प्रत्येक नगरवासीको परिवारलाई समवेदनापत्रसहित नगद रु ५,००० प्रदान गरिने भएको छ। नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार, यो कार्यक्रमले शोकमा परेका परिवारलाई आर्थिक र नैतिक दुवै किसिमले सहयोग पुग्ने विश्वास लिइएको छ। “मृत्यु संस्कारमा सहजता र सहानुभूति प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो,” उनले भने। उपप्रमुख आशा शर्मा शिवाकोटीले साउन ११ गतेको कार्यपालिका बैठकबाट ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि–२०८२’ पारित गरेर यस कार्यक्रमलाई कानुनी आधार दिइएको जानकारी दिइन्। नगरपालिकाले ‘सरहे कार्यक्रम’बाहेक अन्य महत्वपूर्ण विषयमा पनि काम अघि बढाएको छ। कृषि विकास, पशुपालन, र…
झापा- झापा गाउँपालिका वडा नम्बर १ लसुनाका करिब ६० वर्षीय जतन सोरेनको रहस्यमय मृत्यु भएको छ। बुधबार राति करिब १०:३० बजे मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडुको घर नजिकको गल्लीमा काम्न थालेपछि स्थानीय व्यक्तिहरूले उनलाई आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए। बिहीबार बिहान ४:०० बजे हेर्दा सोरेन मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय कुमरखोदलाई जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनामा संलग्न रहेको आरोपमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय…
बनियानी (झापा)- झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको हो । मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ । यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।
झापा- मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी बहुविवाहलाई कानूनी मान्यता दिने विधेयकको मस्यौदा तयार भएको समाचार सार्वजनिक भएपछि झापाका विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थामा आबद्ध महिलाहरूले त्यसको विरोधमा ध्यानाकर्षण पत्र बुझाएका छन्। अन्तरपार्टी महिला सञ्जाल, महिला, बालबालिका, मानवअधिकार र सञ्चार क्षेत्रमा कार्यरत संघसंस्थाहरूको प्रतिनिधिमूलक सहभागितामा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय कानून तथा न्याय मन्त्रालयमा सो ज्ञापन पत्र बुझाइएको हो। जिल्लाका बिर्तामोड, मेचीनगर, भद्रपुरलगायत विभिन्न स्थानबाट आएका महिलाहरूको टोलीले जिल्ला प्रशासन कार्यालय भद्रपुर पुगेर बहुविवाहलाई कानूनी मान्यता दिनु लोकतन्त्र र महिला आन्दोलनको उपहास भएको भन्दै आपत्ति जनाएका छन्। कानूनको मस्यौदामाथि गम्भीर प्रश्न…
झापा- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले केन्द्र सञ्चालनका लागि स्रोत जुटाउने उद्देश्यले आफ्नो आत्मकथा ‘सपना, सङ्घर्ष र आविष्कार’ बेच्दै देशव्यापी यात्रामा छन्। आफ्नो यसै अभियानको क्रममा झापामा तीन साता बिताएर फर्किने क्रममा उनी भावुक र हास्यव्यङ्ग्य मिश्रित अनुभव बाँडिरहेका छन्। झापामा रहँदा उनलाई विभिन्न संघसंस्था र स्थानीय समुदायले भव्य स्वागत गरेका छन्। स्थानीय बासिन्दाहरूले उनको आत्मकथा खरिद गर्दै राष्ट्रिय आविष्कार केन्द्रको स्थायी सञ्चालनको पहललाई साथ दिएका छन्। डा. पुनले पुस्तक बिक्रीबाट उठेको पैसालाई व्यावसायिक नभई सेवामूलक अभियानका रूपमा व्याख्या गरेका छन्। सोमबार बुद्धशान्ति गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “म एउटा अभियान लिएर हिँडेको मान्छे हुँ। तपाईंहरू…
काठमाडौं- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारी निकायहरूलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएका छन्। शहरी विकास मन्त्रालयमा बसेको एक बैठकमा उनले पछिल्लो अवस्थाबारे जानकारी लिँदै सम्भावित क्षतिबाट बच्न उच्च सतर्कता अपनाउन जोड दिए। बैठकमा सिंहले खोज तथा उद्धारका लागि तयार रहन र विपद्को जोखिम भएका क्षेत्रमा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए। यस क्रममा गृहमन्त्री रमेश लेखकले मनसुनको जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई अति आवश्यकबाहेक कार्यक्षेत्र नछोड्न निर्देशन दिएको जानकारी गराए। जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दियामा…
झापा- पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएका नौं वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोलामा मृत अवस्थामा फेला परेको छ। शुक्रबार बिहान हजुरबुबा–हजुरआमाको घरतर्फ हिँडेका दाजु-बहिनी त्यसै दिनदेखि बेपत्ता थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुखका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई खोलाले बगाएको देखिएको छ। थप अनुसन्धान जारी छ। बालबालिका हराएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी सुरु गरेका थिए। चार दिनको खोजीपछि उनीहरूको शव फेला परेको हो। यो घटनाले पूरै गाउँ शोकमा डुबेको छ। शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए।
झापा- मोरङको उर्लाबारी र बेलबारी नगरपालिकामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन र प्रहरीले अनुसन्धान गरिरहेको छ। उर्लाबारी नगरपालिका-२ का २३ वर्षीय सुशील लिम्बू मंगलबार बिहान आफ्नै घर नजिकको धानखेतमा मृत भेटिएका छन्। उनको शव घोप्टो परेको, नाकबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक जानकारीअनुसार उनी सामान्यतः मादक पदार्थको सेवन गर्ने व्यक्ति भएको प्रहरीले बताएको छ, तर मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै स्पष्ट हुनेछ। बेलबारी नगरपालिका-७ का ४१ वर्षीय डमरु ऋषिदेव सोमबार साँझ खेतमा मृत भेटिएका छन्। उनी साँझ युरिया मल छर्न घरबाट निस्किएका थिए।…
झापा- झापा गाउँपालिकामा गरगहना चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा झापा गाउँपालिका वडा नं. ३ बस्ने १९ वर्षीय निर्मल बराईली र सोही स्थानका १९ वर्षीय दिपेश रसाईली रहेका छन्। गत साउन १४ गते दिउँसो करिब १ बजे झापा-३ बस्ने २० वर्षीय लरेश मुर्मुको घरबाट विभिन्न किसिमका चाँदीका गरगहना चोरी भएको थियो। घटनापछि प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो। खोजतलासको क्रममा आइतबार बराईली र रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो। बराईलीको घरबाट चोरी भएका चाँदीका चुरा (बाला) एक जोर, कल्ली एक जोर, बिच्छी (सिक्री) एक थान, पाउजु एक थान, सिक्री एक थान र औँठी तीन…