झापा – झापाको बिर्तामोड नगरपालिका–५ मा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा बुधबार साँझ ७ बजे सरोज श्रेष्ठको घरमा सञ्चालनमा रहेको चिया–नास्ता पसलमा छापा मारेको थियो।
प्रहरीका अनुसार पसल गोपाल श्रेष्ठले सञ्चालन गरिरहेका थिए, र सोही स्थानमा जुवा खेलिरहेको पाइएपछि उनीसहित आठ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा इलाम, ताप्लेजुङ, पाँचथर र झापाका बासिन्दा छन्, जसले हाल बिर्तामोड आसपासमा बसोबास गर्दै आएका थिए।
पक्राउ पर्ने व्यक्तिहरूमा ३८ वर्षीय तीर्थराज तामाङ, ३२ वर्षीय कुशल गुरुङ, ४२ वर्षीय भूपालकुमार कटुवाल, २९ वर्षीय मनकुमार कटुवाल, ४१ वर्षीय हेमबहादुर थापा, ५१ वर्षीय गोपाल श्रेष्ठ, ३५ वर्षीय सुजन श्रेष्ठ र ३५ वर्षीय ध्रुव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूबाट रु १ लाख १४ हजार ५५५ नगद, ६ बुङ नखोलिएको तास र ६ बुङ खोलिएको तास बरामद गरेको जनाएको छ।
