झापा- पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएका नौं वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहान विरुवा खोलामा मृत अवस्थामा फेला परेको छ।
शुक्रबार बिहान हजुरबुबा–हजुरआमाको घरतर्फ हिँडेका दाजु-बहिनी त्यसै दिनदेखि बेपत्ता थिए।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुखका अनुसार, प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई खोलाले बगाएको देखिएको छ। थप अनुसन्धान जारी छ।
बालबालिका हराएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी सुरु गरेका थिए। चार दिनको खोजीपछि उनीहरूको शव फेला परेको हो। यो घटनाले पूरै गाउँ शोकमा डुबेको छ। शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए।
Facebook Comments Box
