Author: खबरमञ्च

काठमाडौं । प्रतिनिधिसभाले मिटरब्याज सम्बन्धित विधेयक सर्वसम्मतले पारित गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राति सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधिसभाले विधेयक सर्वसहमतिबाट पारित भएपछि सन्देशसहित राष्ट्रिय सभामा पठाइनेछ । राष्ट्रिय सभामा विधेयक प्रतिनिधिसभाबाट पारित भएको सन्देश सुनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै विधेयकले कानूनको स्वरुप धारणा गर्दै कार्यान्वयनमा आउने छ । जसले अनुचित लेनदेनसँग सम्बन्धि कार्यलाई कसुर कायम गरेको छ । मिटरब्याजपीडितको पक्षमा ल्याइएको यो विधेयकमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत…

Read More

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।  बाँकी तीन  प्रदेशहरूमा भने आंशिक बदलि हुनुको साथै एक–दुई स्थानहरूमा हल्का देखि मध्ययम वर्षा हुनसक्ने औंल्याएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले पनि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । सोेमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । मधेश प्रदेशका थोरै र बाँकी अन्य प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । हाल देशभर आंशिक…

Read More

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज भारतसँग दोस्रो खेल खेल्दैछ । नेपाली समय अनुसार दिउँसो २ बजेर १५ मिनेटमा नेपाल र भारतबीच खेल सुरु हुनेछ । श्रीलंकामा सञ्चालनमा रहेको इमर्जिङ टिम्स एसिया कपको पहिलो खेल नेपालले शुक्रबार पाकिस्तानको ‘ए’सँग खेलेको थियो । पाकिस्तानसँग चार विकेटले पराजित भएको नेपालको ब्याटिङ अत्यन्तै निराशाजनक रहेको थियो । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको यो चौथो सहभागिता हो । नेपालले सन् २०१३ मा सिंगापुरमा भएको पहिलो संस्करणदेखि नै प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । सन् २०१८ मा श्रीलंका र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेको तेस्रो संस्करणमा भने नेपाली टोलीले…

Read More

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । एक वर्षपछि असार २७ गतेका लागि तय गरिएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि स्थगित गरिएको थियो । भोलि मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पेस गर्ने अजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक आज (सोमबार) बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा दिउँसो २ बजे बस्ने पदाधिकारी बैठकले केन्द्रीय समितिको अजेन्डा तय गर्ने छ । पदाधिकारीसहितको बैठकले तय गरेको अजेन्डा केन्द्रीय समितिको बैठकमा महामन्त्रीले पेस गर्ने कांग्रेस परम्परा छ । असार २७…

Read More

काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य घटेको छ । स्वचालित मूल्य प्रणाली अनुसार आइतबार मध्येरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको नेपाल आयल निगमले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । निगमले आज मध्य रातदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको जनाएको छ । आइतबार पत्रकार सम्मेलन निगममा कार्यकारी निर्देशक उमेशप्रसाद खानीले सरकारले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने र डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने निणर्य गरेको जानकारी दिए । उनले भने,‘निगमले लागत मूल्यको आधारमा डिजेलमा २ प्रतिशत, पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा राखिने छ । आम उपभोक्ता र विशेष गरि गृहिणीहरूको हितलाई ध्यानमा राखि…

Read More

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले मीनबहादुर गुरुङसहित १७ जनालाई सरकारी कागजात किर्तेको उजुरीमाथिको अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो। प्रहरीले यो प्रकरणका अभियुक्ताहरुलाई सुरुमा ७ दिन, त्यसपछि थप ७ दिन, तेस्रो पटक ५ दिन र चौथो पटक ५ दिन म्याद थपेको छ।यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए। गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन…

Read More

काठमाडौं । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुरको भंगाहा पुगेर जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर सेवा सुरु भएको घोषणा गरेका हुन् । मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा स्टेशनबाट जयनगरका लागि रेल गुडेको हो। यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको छ । आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालनमा आएको मन्त्री ज्वालाले बताए । यो संगै महोत्तरीको भंगहादेखि जनकपुरहुँदै जयनगरसम्मको ५२ किलोमिटर ट्याकमा रेल सेवा विस्तारित भएको छ । कुर्था– भंगाहा रेल्वे बनाउन भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले…

Read More

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको स्विकार गरेका छन् । आइतबार सर्वोच्च अदालतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको गुनासो गरेका हुन् । उनले भने, ‘हामीले वास्तवमा न्यायाधीशको नियुक्ति समयमा गर्न सकिरहेका छैनौ । समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा धेरै नै समस्याहरु उत्पन्न भइरहेका छन् । संविधानले नै खाली हुनुभन्दा एक महिना अगाडि न्यायाधीशहरुको नियुक्तिको सिफारिस गर्नुपर्छ भन्ने व्यवस्था राखेको छ । त्यसको पनि कार्यान्वयन गर्न सकेको अवस्था छैन । त्यसलाई हामीले कडाईका साथ पालना गर्ने र खाली हुनु एक महिना अगाडि नै न्यायाधीशको सर्वोच्च र उच्च अदालतमा नियुक्त गर्ने व्यवस्थालाई लागू…

Read More

काठमाडौं । उपप्रधान मन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको सुरक्षा व्यवस्था प्रभावकारी र चुस्त दुरुस्त बनाउन विभिन्न सुरक्षा जानकारहरूसंग सुझाव लिएका छन् । गृहमन्त्रालयमै आयोजित सुरक्षा निकायका पूर्व उच्च अधिकारीसंग शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको रक्षा गर्दै मूलभुत रुपमा सुशासन, समृद्धि र सामाजिक न्यायबारे सुझाव लिएका हुन् । अन्तर्क्रियाको सुरुमै गृहमन्त्री श्रेष्ठले भने, ‘नेपाल प्रहरी संगठन, सुरक्षा प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान र समग्र गृह प्रशासनलाई, कामकारवाहीलाई प्रभावकारी र परिणाममुखि बनाउँन के गर्नुपर्न भनेर सुझाव दिनुहुन्छ भन्ने विश्वास छ ।’ उनले सरकारको मुख्य राष्ट्रिय कार्यभार सार्वभामिकता, अखण्डता र स्वाधीनता रहेको भन्दै…

Read More

काठमाडौं । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति नेपालले बचतकर्ताले गरेको बचतको साँवा ब्याज सहित रकम अविलम्ब फिर्ता गर्नुपर्ने लगायतका विविध माग राखेर वृहत् प्रर्दशन गरेका छन् । आइतबार बिहान माइतीघरबाट सुरु गरेको प्रर्दशनमा उनीहरुले ‘भ्रष्ट सञ्चालक समितिलाई कारबाही गर’, ‘नेपाल सरकार पीडितलाई न्याय दे’ लगायतका विभिन्न नारा लगाउँदै जुलुस सहित सिंहदरबार प्रवेश गर्ने कोसिस गरे । उनीहरुको उक्त प्रयास रोक्न प्रहरीले बल प्रयोग गर्नु परेको थियो । विजुलीबजारबाट सिंहदरबार घेराउ गर्न जाने प्रयासमा रहेका कतिपय प्रर्दशनकारीलाई प्रहरीले हनुमानथानमा नै रोकेको थियो । कतिपयलाई प्रहरीले बल प्रयोग गरी पक्राउ गरेर प्रहरी वृत्त अनामनगरमा लगेको छ । सहकारी पीडित बचतकर्ता महासंघ…

Read More