काठमाडौं । उपप्रधान मन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको सुरक्षा व्यवस्था प्रभावकारी र चुस्त दुरुस्त बनाउन विभिन्न सुरक्षा जानकारहरूसंग सुझाव लिएका छन् ।
गृहमन्त्रालयमै आयोजित सुरक्षा निकायका पूर्व उच्च अधिकारीसंग शान्ति सुरक्षा सुदृढीकरणका लागि अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको रक्षा गर्दै मूलभुत रुपमा सुशासन, समृद्धि र सामाजिक न्यायबारे सुझाव लिएका हुन् ।
अन्तर्क्रियाको सुरुमै गृहमन्त्री श्रेष्ठले भने, ‘नेपाल प्रहरी संगठन, सुरक्षा प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान र समग्र गृह प्रशासनलाई, कामकारवाहीलाई प्रभावकारी र परिणाममुखि बनाउँन के गर्नुपर्न भनेर सुझाव दिनुहुन्छ भन्ने विश्वास छ ।’
उनले सरकारको मुख्य राष्ट्रिय कार्यभार सार्वभामिकता, अखण्डता र स्वाधीनता रहेको भन्दै त्यसको सुदृढीकरणका लागि आवश्यक सुझावका लागि आग्रह गरे । उनले केही प्रयास भएपनि गुणात्मक परिर्वतन हुन नसकेको गुनासो गरे ।
सामाजिक सुशासन स्थापित नभएसम्म देशका सुशासन स्थापित हुन नसक्ने उनको भनाइ छ ।
