Author: खबरमञ्च

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागि हुने भएको छ । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी चैतमा अलग भएको थियो । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सम्भवत आजनै जनमत पार्टीलाई सरकारमा सहभागी गराउने छन् । असार २७ गते नै दाहालले जनमत पार्टीबाट एक जना नेतालाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए । तर, सोही दिन बिहान दाहाल पत्नी सीताको निधन भएपछि मन्त्रिपरिषद् हेरफेरको कार्यक्रम धकेलिएको थियो । दाहालले जनमतकी अनिता देवी साहलाई सरकारमा सहभागी गराउने छन् । जनमत पार्टीले उनलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरिसकेको छ । दाहाल नेतृत्व सरकार…

Read More

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज आइबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर,काठमाडौंलगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिकै सरेकाले दिउँसो देखि भोलिसम्म अझै धेरै पानी पर्ने अनुमान गरेको हो ।  हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छभने कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर मौसम पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम…

Read More

काठमाडौं । नेपालमा मागभन्दा बढी बिजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यातका साथ बंगलादेशका अलावा चीनमा समेत बिजुली बेच्न अध्ययन थालेको छ । नेपाली बजारका लागि १ हजार ७ सय मेगावाटदेखि २१ सय मेगावाटसम्म मात्र माग रहेकोमा अहिले हालसम्ममा कुल २ हजार ८ सय २२ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि प्राधिकरणले चीनमा समेत निर्यात गर्ने योजना अगाडि सारेको छ । चीनमा बिजुली निर्यातका लागि प्राधिकरणले चीन जोड्ने रातमाटे–रसुवागडी–केरुङ ४०० केभी प्रसारण लाइनको अध्ययन सम्पन्न गरिसकेको छ । नेपालले पहिलोपटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल करिब ४ सय…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, माओवादी लडाकु शिविरको घोटलाबारे प्रश्न उठाएका छन् । शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपालीः देश विकासको मार्ग चित्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले माओवादीले सेना समायोजन गर्दा भएको घोटलाबारे प्रश्न उठाएका हुन् । पहिले भनेजति सेना नभएको र उनीहरुको नाममा लिएको पैसा माओवादीले नेताहरुले कहाँ लगे भन्दै ओलीले प्रश्न गरेका हुन् । ‘क्यान्टोनमेनमा के भयो त ? ३४ हजार भनियो ३ हजार भागे ३१ हजार भनियो, ति पनि थिएनन् । गन्न खोज्दा मान्छे जम्मा गरेर ल्याईयो । मान्छे ट्रक का ट्रक जम्मा गरियो । यो दुनियाँले देखेको छ । कतिपय कुराहरु चिरन्जिवीजीहरुले…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद डा. सुनिल शर्मालाई एक्कासी पक्राउ गर्ने र तुरुन्तै छोड्ने सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले पहिले नै अनुसन्धान सकिएको मुद्दामा डा. शर्मालाई पक्राउ गर्नुको कारणबारे प्रश्न उठाएका हुन् । ‘यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो ?’ उनले प्रश्न गर्दै भने, ‘सुनिल शर्माले सत्तापक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनुभएका कारण पक्राउ गरियो ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सांसद…

Read More

काठमाडौँ । साइबर सुरक्षा क्षेत्रलाई दिशानिर्देश गर्न र सम्बन्धित ऐन/कानुन बनाउन बाटो खोल्न भन्दै लामो समयको रस्साकसीपछि ल्याइएको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० लाई सरोकारवालाहरूले स्वागत गरेका छन् । यद्यपि, नीति कन्टेन्ट रेगुलेसन (प्रयोगकर्ताको डिजिटल गतिविधि नियमन) मा बढी जोड दिने नियन्त्रणमुखी भएको पनि उनीहरूको टिप्पणी छ । बरु सूचना प्रविधिमा आधारित प्रणालीको सुरक्षा प्रत्याभूतिका विषयसँगै साइबर सुरक्षा दक्षता सबल बनाउने र डिजिटल प्रणालीमा नागरिकको विश्वास बढाउने खालको साइबर नीति हुनुपर्नेमा सरोकारवालाको जोड देखिन्छ । इन्टरनेट र सामाजिक सञ्जालमा स्पाम म्यासेज पठाउनेदेखि भ्रामक कुरा लेख्ने, राष्ट्रिय सुरक्षामा आँच पुर्‍याउने, घृणा, द्वेष र अश्लीलता फैलाउने खालका सामग्रीलाई निषेध र नियन्त्रण गर्ने विषय नीतिमा समेटिएको…

Read More

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहीस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्नेक्रम सोमबारसम्मै जारी रहने मौसम विभागले उल्लेख गरेको छ । हाल देशभर सामान्यदेखि मौसम पूर्ण बदली रहेको छ । रातिदेखि नै बागमती प्रदेशको काठमाडौं उपत्यका सहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । शनिबार दिउँसो देशभर सामान्यदेखि मौसम पूर्ण बदलीरहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू रबाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकोछ । वर्षाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथाहवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्करहन आग्रह गरेको छ । पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा दोलखाकोजिरीमा भएको छ ।  त्यहाँ १२१ दशमलव ८ मिलिमिटरवर्षा मापन भएको छ । यस्तै,लुम्लेमा ४३ दशमलव६,धरानमा ४१ दशमलव २,नेपालगञ्जमा ९ दशमलव८,पोखरामा ३ दशमलव ४ र काठमाडौंमा २ दशमलव २ मिलमिटर वर्षा मापन भएको छ ।

Read More

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो। जिल्ला न्यायाधीश दन्डपाणि शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका हुन् । शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ।

Read More

काठमाडौँ। सुन तस्करी प्रकरणमा आवाज उठाउँदै आएका आफ्ना सांसद सुनील शर्मा पक्राउ परेको विषयमा कांग्रेस सांसदहरुले आपत्ति जनाएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुले सरकारले कांग्रेसका नेताहरुलाई विभिन्न बहानामा फसाउन खोजेको भन्दै आपत्ति जनाएका हुन्। सांसद आरजु राणाले सरकारका पछिल्ला क्रियाकलाप विपक्षी दलका नेतालाई छानीछानी जेल पठाउने पाकिस्तानी मोडलमा उद्यत भएको आरोप लगाइन्। कांग्रेसका नेताहरुलाई छानीछानी पक्राउ गर्ने र आरोप लगाउने कार्यहरु भइरहेकोमा कांग्रेस गम्भीर हुनुपर्ने उनको भनाइ थियो। सांसद श्याम घिमिरेले सामान्य केसमा संसद चलिरहेको सांसद पक्राउ गर्नु गैर कानूनी र गैर संसदीय अभ्यास भएको बताए। उनले सांसद शर्माको अभिव्यक्तिलाई लिएर…

Read More

सत्ता साझेदार जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ । जसपाले शुक्रवार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन नै गरेर आफ्नो पार्टी र निर्दोष नागरिकहरुलाई फसाउने गरी सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी र १३० जना भन्दा बढी नागरिकलाई फसाउने गरी गरिएको सो सम्झौताप्रति खेद व्यक्त गरिएको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए। सम्झौताको विषयमा सरकारले पुनर्विचार नगरे सरकारबाट बाहिरिन सक्ने चेतावनी समेत जसपाले दिएको छ दिनुभयो । प्रवक्ता सुमनले भन्नुभयो, ‘जनता समाजवादी पार्टी यस्ता झुटा मुद्दाबाट डराएको पनि छैन । तर यो मुद्दाको उठान जसरी…

Read More