काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज आइबार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै थानमा अतिवृष्टि हुने सम्भावना रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा पोखरा, वीरेन्द्रनगर,काठमाडौंलगायत मधेश प्रदेशमा भारी वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिकै सरेकाले दिउँसो देखि भोलिसम्म अझै धेरै पानी पर्ने अनुमान गरेको हो ।
हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छभने कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर मौसम पूर्ण बदली रहनेछ भने देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै,साथै मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
राति देशभर मौसम सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।
पछिल्लो २४ घण्टामा कास्कीमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
