काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहीस्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्नेक्रम सोमबारसम्मै जारी रहने मौसम विभागले उल्लेख गरेको छ ।
हाल देशभर सामान्यदेखि मौसम पूर्ण बदली रहेको छ । रातिदेखि नै बागमती प्रदेशको काठमाडौं उपत्यका सहित गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।
शनिबार दिउँसो देशभर सामान्यदेखि मौसम पूर्ण बदलीरहनेछ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सर्तकता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू रबाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकोछ ।
वर्षाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथाहवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्करहन आग्रह गरेको छ ।
पछिल्लो चौविस घण्टामा सबैभन्दा धेरै वर्षा दोलखाकोजिरीमा भएको छ ।
त्यहाँ १२१ दशमलव ८ मिलिमिटरवर्षा मापन भएको छ ।
यस्तै,लुम्लेमा ४३ दशमलव६,धरानमा ४१ दशमलव २,नेपालगञ्जमा ९ दशमलव८,पोखरामा ३ दशमलव ४ र काठमाडौंमा २ दशमलव २ मिलमिटर वर्षा मापन भएको छ ।
