काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागि हुने भएको छ ।
मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी चैतमा अलग भएको थियो । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सम्भवत आजनै जनमत पार्टीलाई सरकारमा सहभागी गराउने छन् ।
असार २७ गते नै दाहालले जनमत पार्टीबाट एक जना नेतालाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए । तर, सोही दिन बिहान दाहाल पत्नी सीताको निधन भएपछि मन्त्रिपरिषद् हेरफेरको कार्यक्रम धकेलिएको थियो । दाहालले जनमतकी अनिता देवी साहलाई सरकारमा सहभागी गराउने छन् ।
जनमत पार्टीले उनलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरिसकेको छ । दाहाल नेतृत्व सरकार अहिले नै २५ सदस्य भएकाले माओवादीबाट सरकारमा सहभागी एक मन्त्री बाहिरिने निकट स्रोतको दाबी छ । संबैधानिक रुपमा मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा बढीको बनाउन पाइने छैन ।
