Author: खबरमञ्च
झापा — जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोड र दमक नगरपालिका क्षेत्रभर, साथै भद्रपुर नगरपालिकाका केही क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ। प्रशासनले सर्वसाधारणको जीवन तथा सार्वजनिक सम्पत्तिको सुरक्षा, शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न आवश्यक ठानी २०८२ साल भाद्र २८ गते बेलुकी ६ बजेदेखि भाद्र २९ गते बिहान ४ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको हो। प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख भएअनुसार, यस अवधिमा कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, सभा, सम्मेलन तथा पाँच जनाभन्दा बढी व्यक्तिहरूको हुलहुज्जतमा जमघट गर्न पूर्णरूपमा निषेध गरिएको छ। स्थानीय प्रशासन ऐन २०२८ (संशोधित सहित) को दफा ६ को उपदफा (३) बमोजिम जारी गरिएको यो…
झापा- झापाको कन्काईमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। कन्काई–७ स्थित बिरिङ पुल नजिकै साँझ साढे ७ बजेतिर बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलका चालक कन्काई–२ का ३८ वर्षीय दिनेशकुमार थपलिया र पछाडि सवार सोही ठाउँका ६० वर्षीय सोमनाथ दङ्गाल गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे पछाडि सवार सोमनाथ दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। चालक थपलियाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
झापा — झापामा जारी कर्फ्यू तथा निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार एक सूचना जारी गर्दै भदौ २८ गते बिहानदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा हटाइएको जनाएको छ। गत भदौ २२ र २४ गते जेनजी समूहको आन्दोलनपश्चात शान्ति सुरक्षा कायम गर्नका लागि झापामा कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएको थियो। यद्यपि हाल जिल्लामा शान्ति र सुव्यवस्था सामान्य अवस्थामा फर्किएपछि प्रशासनले निषेधाज्ञा हटाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा जारी सूचनामा जनजीवनलाई सहज बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गरिएको छ।
काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै कार्कीलाई शुभकामना व्यक्त गरेका हुन्। उक्त सन्देशमा मोदीले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिका लागि सदैव प्रतिबद्ध छ।” यसअघि, भारतले शुक्रबार राति नै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो।
झापा- झापामा कारागारबाट भागेका अर्का एक कैदी पक्राउ परेका छन्। गएराति करिब ७:४० बजे सशस्त्र प्रहरी बलको बिओपी कुञ्जीबारीबाट खटिएको गस्ती टोलीले गौरीगञ्ज-१ मा गस्ती गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भोजपुरका ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन्। उनी सहकारी ठगीको आरोपमा सुनसरीको झुम्का कारागारमा सजाय काटिरहेका थिए। पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी चौकी कोरोबारीमा बुझाइएको छ। यसअघि पनि काठमाडौंका दुई जना कैदी झापाको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका थिए।
झापा- ‘जेन जी’ आन्दोलनका कारण उत्पन्न तनाव नियन्त्रण गर्न झापामा जारी गरिएको कर्फ्यु आज भदौ २८ गते बिहान ११ बजेसम्मका लागि हटाइएको छ। यसअघि लगातार कडाइ गरिएकोमा आज बिहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यु हटाइएको हो। त्यसपछिका लागि अर्को सूचना जारी गरिने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।
झापा- राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेका छन् ।त्यस्तै, फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले चुनावको मिति घोषणा गरेका हुन् । सुरुमा प्रधानमन्त्रीको शपथ गर्ने र त्यसपछि प्रतिनिधिसभा विघटन गर्ने सहमति भएपछि कार्की सहमत भएकी थिइन् ।लगत्तै, गएराति राष्ट्रपति पौडेलले शपथ गराएका थिए । गत सोमबार र मंगलबार युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । उनलाई…
काठमाडाैँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको बताए । जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।
झापा- बिर्तामोड–४ मा रहेको नेकपा एमाले झापाको पार्टी कार्यालयमा आज आगजनी भएको छ। आज बिहान करिब ५०० जनाको संख्यामा आएका जेनजी समर्थक युवाहरूले पार्टी कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको छ । यद्यपि, घटनास्थलमा प्रहरी र दमकल अहिलेसम्म पुग्न सकेका छैनन् । यसअघि गएराति पनि प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालयमा तोडफोड गरेका थिए । जेनजीको प्रदर्शन सोमबारदेखि नै सुरु भएको हो र आज बिहानैदेखि यो फेरि चर्किएको छ ।
काठमाडौं — डिल्लीबजारस्थित पद्मकन्या स्कूलको आधिकारिक वेबसाइट ह्याक भएको छ। ह्याकपछि वेबसाइटमा जेनजी समूहद्वारा आयोजना गरिने विरोध प्रदर्शनको प्रचार सामग्री देखिएको छ। सरकारले आजदेखि सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि राजधानीमा जेनजीहरूले विरोध प्रदर्शनको तयारी गरेका छन्। प्रदर्शनको पूर्वसन्ध्यामा स्कूलको वेबसाइट ह्याक गरिनु प्रदर्शनको सन्देश फैलाउने रणनीतिक कदमको रूपमा हेरिएको छ। सामाजिक सञ्जाल बन्दको निर्णयले प्रयोगकर्ताहरूलाई वैकल्पिक उपायतर्फ मोडिएको छ।