झापा — झापामा जारी कर्फ्यू तथा निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार एक सूचना जारी गर्दै भदौ २८ गते बिहानदेखि अर्को सूचना नआएसम्मका लागि निषेधाज्ञा हटाइएको जनाएको छ।
गत भदौ २२ र २४ गते जेनजी समूहको आन्दोलनपश्चात शान्ति सुरक्षा कायम गर्नका लागि झापामा कर्फ्यू तथा निषेधाज्ञा जारी गरिएको थियो।
यद्यपि हाल जिल्लामा शान्ति र सुव्यवस्था सामान्य अवस्थामा फर्किएपछि प्रशासनले निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्वारा जारी सूचनामा जनजीवनलाई सहज बनाउन आवश्यक सहयोगका लागि सबैलाई आग्रह गरिएको छ।

Facebook Comments Box