झापा- झापाको कन्काईमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
कन्काई–७ स्थित बिरिङ पुल नजिकै साँझ साढे ७ बजेतिर बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–०१३ प ०४३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकलका चालक कन्काई–२ का ३८ वर्षीय दिनेशकुमार थपलिया र पछाडि सवार सोही ठाउँका ६० वर्षीय सोमनाथ दङ्गाल गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे पछाडि सवार सोमनाथ दङ्गालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। चालक थपलियाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box
