काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकोमा सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्।
प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै कार्कीलाई शुभकामना व्यक्त गरेका हुन्।
उक्त सन्देशमा मोदीले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिका लागि सदैव प्रतिबद्ध छ।”
यसअघि, भारतले शुक्रबार राति नै नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको थियो। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो।
Facebook Comments Box