झापा- बिर्तामोड–४ मा रहेको नेकपा एमाले झापाको पार्टी कार्यालयमा आज आगजनी भएको छ।
आज बिहान करिब ५०० जनाको संख्यामा आएका जेनजी समर्थक युवाहरूले पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।
आगजनीबाट कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको छ । यद्यपि, घटनास्थलमा प्रहरी र दमकल अहिलेसम्म पुग्न सकेका छैनन् ।
यसअघि गएराति पनि प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालयमा तोडफोड गरेका थिए । जेनजीको प्रदर्शन सोमबारदेखि नै सुरु भएको हो र आज बिहानैदेखि यो फेरि चर्किएको छ ।
Facebook Comments Box