Author: खबरमञ्च

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका छन् । उक्त आदेशविरुद्ध उच्च अदालत गएपछि लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएको थियो । उक्त निवेदनपछि रविले पनि आफ्नोविरुद्ध धरौटीको आदेश बदर गरी साधारण तारेखमा राख्ने माग लिएर पुनरावेदन निवेदन दिएका थिए । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा…

Read More

काठमाडौँ- संसदीय समितिले काठमाडौंको तीनकुने र आसपासका स्थानमा अब कुनै पनि प्रकारका सभा, बिरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने र आसपासका स्थानमा अब कुनैपनि प्रकारका सभा, बिरोध प्रदर्शन, धर्ना, लगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो । समितिको निर्णय जानकारी गराउँदै समिति सभापति रामहरि खतिवडाले काठमाडौंको तीनकुनेमा गत चैत्र १५ गते शुक्रवारको दिन राजावादीहरुले गरेको बिरोध प्रदर्शन गर्दा भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताए। उक्त घटनामा दोषी उपर आवश्यक छानविन गरी कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा…

Read More

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका निःवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राज्यले इमान्दार राष्ट्रसेवक कर्मचारीलाई सरकारले हतोत्साहित र अपमानित गरेको आरोप लगाएका छन् । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले आफूलाई अपमानित गरेर हटाएको आरोप लगाएका हुन् । उनले नेपालको कानूनले तोकिए अनुसार राष्ट्रसेवामा खटिएको कर्मचारीलाई राज्यको सम्पूर्ण शक्ति खनिएको जिकिर गरे । उनले आफूलाई अपमान गर्न सरकारका जिम्मेबार व्यक्तिले सार्वभौम संसदको दुरुपयोग गरेको बताए। उनले आफूले पदमा बस्दा गरेको कुनै पनि कामबाट पछुतो गर्नुपर्ने स्थान नभएको बताए । पदीय दायित्वमा रहँदा अवसर र अधिकारलाई सदुपयोग गर्न आफूले समय खेर नफालेको उनको भनाइ छ…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताएका छन् । थाइल्याण्डको बैङ्ककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे। “यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ”, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले जलवायुको प्रभाव हिमालमा मात्र सीमित नभइ तराई र तटीय क्षेत्रहरूमा पनि…

Read More

झापा- झापा बिर्तामोडको यातायात व्यवस्था कार्यालयबाट बिचौलियाको रुपमा काम गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिचौलियाका कारण सेवाग्राहीहरूले निकै दुःख पाएको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले नौ जना बिचौलियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए। उनका अनुसार पक्राउ पर्ने दुई महिला रहेका छन्। उनीहरुमाथि अभद्र व्यवहारमा मुद्धा दर्ता गरी कार्वाही चलाइने तयारी भइरहेको उनले जानकारी दिए। यसअघि विराटनगरमा रहेको यातायात व्यवस्था कार्यालयबाट विचौलिया पक्राउ परे पनि बिर्तामोडबाट पक्राउ परेको यो घटना पहिलो हो।

Read More

झापा- नेपाल प्रज्ञा प्रतिष्ठानले झापाका दुई जना साहित्यकारसहित १० जनालाई वर्ष-२०८१ को साहित्य तथा संस्कृति पुरस्कार प्रदान गर्ने भएको छ। प्रज्ञा प्रतिष्ठान‌ले झापा भद्रपुर-१० निवासी भाषाविद् चुडामणि रेग्मीलाई प्रज्ञा भाषा पुरस्कार र अर्जुनधाराका स्रष्टा कृष्ण धरावासीलाई गद्यतर्फको प्रज्ञा साहित्य पुरस्कार प्रदान गर्ने भएको हो । त्यसैगरी, दिल साहनीलाई प्रज्ञा सामाजिक शास्त्र पुरस्कार, डिक वान्तवालाई प्रज्ञा संस्कृति पुरस्कार, शारदारमण नेपाललाई प्रज्ञा बाल साहित्य पुरस्कार र पद्यतर्फको प्रज्ञा साहित्य पुरस्कार जसराज किरातीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बिहीबार जारी गरेको सार्वजनिक विज्ञप्तिमा सुधा त्रिपाठीलाई प्रज्ञा समालोचना पुरस्कार, गोपीरमण उपाध्यायलाई प्रज्ञा दर्शन पुरस्कार, बलराम अधिकारीलाई…

Read More

झापा- झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागु औषध ब्राउन सुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत्र २० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट  लाग औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा इटहरी उप-महानगरपालिका-१६ का ३४ बर्षीय  मनोजकुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र ईटहरी-६ का २३ बर्षीय  सनम तामाङलाई २६ ग्राम, इटहरी-२ का २७ बर्षीय निरज लिम्बु, २२ बर्षीय  सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम, सुनसरी रामधुनी-९ का १६ बर्षीय आदित्या चौधरीलाई २ ग्राम १ मिलिग्राम, रामधुनी- का २६ बर्षीय मनिष चौधरीलाई २ ग्राम ५६ मिलिग्राम, धरान-१७ का २८ बर्षीय बेगराज लिम्बु र ३४ बर्षीय…

Read More

झापा- ‘हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड’ भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा १ सय ७४ जनाले सेवा लिएका छन् । विएण्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा आज वडा कार्यालय भवनमा आयोजित शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवासंगै ईसिजी परिक्षण, भिआईए र बिपि चेक लगायतका सेवाहरू प्रदान गरिएको छ । सोहि कार्यक्रमका विच स्तन क्यान्सर, पाठेघरको मुखको क्यानसर र लागु औषध दुर्व्यसनीविरुद्दको सचेतना कार्यक्रमसमेत सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरका कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रेसर जाँच गरेर शिविरको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि संग्रौलाले…

Read More

झापा- पाँचथरको कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको थियो । डढेलोबाट हात्तीपोखरी बस्ने ४ जना घाँस, काट्न जाने क्रममा जलेर घाइते भएकोमा एकजनाको उपचारका क्रममा मृत्यु भएको हो । हात्तीपोखरी बस्ने २२ वर्षीया प्रतिमा सम्वाहाम्फेलाई थप उपचारको लागि धरान लगिएकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् । त्यस्तै २८ वर्षीया सपना सम्वाहाम्फे ,उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे, ६० वर्षीया निरमाया सम्वाहाम्फे घाइते छन् । गम्भीर अबस्थाका उनीहरूको धरानमा उपचार भइरहेको प्रहरीले…

Read More

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले विद्यालय शिक्षा विधेयकलाई चाँडो भन्दा चाँडो टुंगो लगाउने बताएका छन्। बिहीवार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहित शिक्षक महासंघसँग सिंहदरबारमा बसेको बैठकमा शिक्षकहरुका मागहरू सम्बोधन गरेर नै छिटो विधेयक टुंग्याउने कुरामा सहमति भएको हो । गृहमन्त्री लेखकले अहिले विधेयक संघीय संसद प्रतिनिधि सभाको सम्बन्धित समितिमा छलफलको क्रममा रहेको र शिक्षकहरूको मागहरू सम्बोधन गर्नेगरी नै सरकार छिटो विधेयक टुंगो लगाउने बारेमा सकारात्मक रहेको बताए। उनले शिक्षक महासंघसँगको छलफल सकारात्मक रहेको उल्लेख गर्दै शिक्षा विधेयकलाई बढी भन्दा बढी राम्रो बनाउने, शिक्षकहरूका सरोकारलाई त्यसमा कसरी समावेश गर्ने ? कसरी चाँडो त्यसलाई अगाडि…

Read More