झापा- झापा बिर्तामोडको यातायात व्यवस्था कार्यालयबाट बिचौलियाको रुपमा काम गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिचौलियाका कारण सेवाग्राहीहरूले निकै दुःख पाएको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरीको टोलीले नौ जना बिचौलियालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्ने दुई महिला रहेका छन्। उनीहरुमाथि अभद्र व्यवहारमा मुद्धा दर्ता गरी कार्वाही चलाइने तयारी भइरहेको उनले जानकारी दिए।
यसअघि विराटनगरमा रहेको यातायात व्यवस्था कार्यालयबाट विचौलिया पक्राउ परे पनि बिर्तामोडबाट पक्राउ परेको यो घटना पहिलो हो।
Facebook Comments Box
