Author: खबरमञ्च

झापा । २० वर्षअघि बैदेशिक रोजगारको सिलसिलामा मलेशिया गएका झापा अर्जुनधारा नगरपालिका–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहिन भएका छन् । मेचीनगर –१३ नम्बर वडासँग सिमाना जोडिएको अर्जुनधारा–११, प्रगतिटोल देउनियाँ वस्तीका विनोद विश्वकर्मा २०६० सालमा २२ वर्षको उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण कमाउन मलेशिया गएका थिए । उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले भनिन् –‘२२ वर्षको हुँदा मलेशिया गएको थियो । गएको ४ वर्षसम्म सम्पर्कमा नै थियो । त्यहाँदेखि छोरो सम्पर्कमा छैन । मलेशिया गएको २० वर्ष भइसक्यो । छोरो अहिले ४२ वर्षको भयो । कहाँ छ, के गर्दै छ । अहिलेसम्म केहि थाहा पत्तो लागेको छैन ।’…

Read More

झापा । झापामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो । डिभिजन वन कार्यालयका अधिकृत ऋषि पराजुलीका अनुसार विसं २०८० को वैशाखदेखि हालसम्म एक गैरनेपालीसहित छजनाको हात्ती आक्रमणमा ज्यान गएको छभने छजना घाइते भएका थिए । यसैगरी, विसं २०७९ मा सातजनाको मृत्यु र आठजना घाइते भएको उनले बताए । सोही अवधिमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ । गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका…

Read More

झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडाँगीमा तरुल उत्सव मनाइने भएको छ । स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ । आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो । मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताए । परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उनले बताए । उनले कमल गाउँपालिका–२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुल समेत प्रदर्शनमा राखिने जानकारी दिए । वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा…

Read More

झापा । झापाको बिर्तामोडमा सञ्चालित कनकाई अस्पतालले एक बर्षमा करिब ५६ हजार बिरामीलाई बहिरङ सेवा दिएको छ । १७ वर्षअघि सञ्चालनमा आएको कनकाई अस्पताल प्रालिले गत आर्थिक वर्षमा ५५ हजार ८३४ जना बिरामीलाई बहिरङ सेवा दिएको अस्पतालले जनाएको छ । अस्पतालको शनिवार भएको १७ औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिक गरी करिब ५६ हजार जनालाई स्वास्थ्य सेवा दिइएको हो । प्रबन्ध निर्देशक युवराज डाँगीद्वार प्रस्तुत प्रतिवेदनमा अस्पतालले ३९ हजार ८९२ जनालाई स्वास्थ्य बीमाअन्तर्गत सेवा दिएको छ । अस्पतलले सबै प्रकारका ल्याबमा चार लाख ९६ हजार ६७० जना बिरामीको परीक्षण गरेको जनाएको छ । एक वर्षको अवधिकमा…

Read More

झापा । झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा शनिवार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर कन्काई ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना परी अन्य दुईजना गम्भीर घाइते भएका छन् । साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कँदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ख–०१४९ नम्बरको बससंग मे १ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो । पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीनजना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो ।…

Read More

काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ । बृहत लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि अहिले सम्भव नभएको नेता लेखकले बताए ।

Read More

झापा । झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री हुन् । फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष समेत रहेका हुन् । अर्जुनधारा–६ का दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए । चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् ।…

Read More

काठमाडौँ । नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका वर्तमान अध्यक्ष हुन् ।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनका लागि सबै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटा सिटमै उम्मेदवारी दिने निणर्य गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीबाट सिफारिस भइ आएका नामहरुको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निणर्य गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए । राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । बैठकले ६ जना नेताहरुलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित पनि गरेको…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीवार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको स्वीकार गर्दै दूतावसाले सिधै मनलाग्दी खर्च गर्न नपाउने बताए । उनले भारतीय दूतावासले जहाँ मन लाग्छ त्यहीँ गएर लगानी गर्न नपाउने र त्यसको लागि प्रक्रिया रहेको बताए । प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरले एकैदिन चिनियाँ प्रतिनिधिमण्डललाई…

Read More