झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ बाहुनडाँगीमा तरुल उत्सव मनाइने भएको छ ।
स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ । आगामी माघ १ गते मेचीनगरमा तरुल उत्सव हुन लागेको हो ।
मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले वडाले गत वर्षदेखि उत्सवको आयोजना गर्न थालेको बताए ।
परम्परागत रूपमा सबै समुदाय र भूगोलका नेपालीले खाने तरुलका विभिन्न प्रजाति उत्सवमा प्रदर्शनी गरिने उनले बताए ।
उनले कमल गाउँपालिका–२ समयगढका किसान कर्णबहादुर गुरुङले फलाएको एउटै १६ केजीको सिमल तरुल समेत प्रदर्शनमा राखिने जानकारी दिए ।
वडाध्यक्ष कार्कीका अनुसार उत्सवमा घर, वन, सिमल तरुल, सुठुनीलगायत विभिन्न प्रजातिका तरुल राखिनेछन् ।
Facebook Comments Box
