Author: खबरमञ्च

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् । उनले सभामुख देवराज घिमिरलेलाई पत्र लेखेर राजीनामा बुझाएका हुन् । पौडेलको राजीनामा सोमबार दर्ता गरिएको छ। गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । अब बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले पौडेल निर्वाचित भएको उक्त ठाउँ रिक्त रहेको जानकारी सदनलाई गराउनेछन्। कांग्रेस वरिष्ठ नेता रहेका पौडेलले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् । फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

Read More

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । उनले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्ने भन्दै उम्मेदवारी नरहेको बताएकी हुन्। उनले एक वक्तव्य जारी गर्दै प्राविधिक रुपमा उम्मेदवारको सूचीमा आफ्नो नाम रहेपनि उम्मेदवार नरहेको जानकारी गराएकी हुन्। यो सँगै अब जसपाबाट रामसहाय नै आधिकारिक उम्मेदवार बनेका छन्। तर गठबन्धनमा आवद्ध जनमतका तर्फबाट उम्मेदवार बनेकी ममता झाका कारण भने यादव गठबन्धनका साझा उम्मेदवार बन्न सकेका छैनन्। उपराष्ट्रपतिमा गठबन्धनका अलावा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका नेता प्रदीप यादवले बताए । ‘प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई यही चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ’ उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गरेर सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनुभएको छ ।’

Read More

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदैछन् । फागुन ३० देखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो । टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ । बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकान्ड’ बीच भेटवार्ता भएको छ । आइतबार साँझ खनाल निवास डल्लुमा उनीहरुबीच करिब दुई घण्टा छलफल भएको हो । भेटमा समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएको बताइएको छ । कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गरेको प्रति उनीहरुले चिन्ता व्यक्त गरेका थिए । भेटमा आगामी दिनमा बामपन्थी एकताका विषयमा पनि कुराकानी भएको खनालको स्वकिय सचिव कृष्ण भट्टराईले जनाएका छन् । संक्रमणकालिन न्याय निरुपणको विषय अदालत प्रवेश गरेसँगै झस्किएका माओवादी धार एक ठाउँ भेला भएर विभिन्न कार्यक्रमको…

Read More

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन्। संघीय र प्रदेश सभाका ८ सय ८५ सांसदहरुलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन्। सन्देशमा २०७९ चैत्र ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिई विजयी गराउन यादवले अनुरोध गरेका छन्। ‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधिनताको रक्षा, शान्ति, स्थिरता र सुशासन सहित जनताको समुन्नती र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा…

Read More

काठमाडौँ। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी झन्डै साढे ७ वर्षपछि आज शीतल निवास छाड्ने भएकी छन्। दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको दोस्रो कार्यकाल पनि हिजो फागुन २८ गते सकिएपछि राष्ट्रपति निवास छाड्न लागेकी हुन्। भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले आज दिउँसो २ बजेसम्ममा निवर्तमान राष्ट्रपति भण्डारीले शीतल निवास छाड्ने जानकारी दिए। ‘नवनिर्वाचित राष्ट्रपति (रामचन्द्र पौडेल) को शपथ (दिउँसो) १ बजे छ, त्यो शपथको कार्यक्रमपछि उहाँ यहाँबाट निस्किनुहुनेछ,’अधिकारीले भने।

Read More

काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल आज (सोमबार) शीतल निवास छिर्दै छन् । गत बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित बनेका पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् । त्यसपछि राष्ट्रपति पौडेल आजैबाट देशको राष्ट्रपति पदमा आसीन हुनेछन् । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ । नवनिर्वाचित राष्ट्रपति पौडेलका प्रेस सहयोगी खिला कार्कीले सोमबार दिउँसो १ बजेका लागि शपथको समय निर्धारण भएको जानकारी दिए । ‘सोमबार दिउँसो १ बजे कायममुकायम प्रधानन्यायाधीशबाट राष्ट्रपतिज्यूले…

Read More

काठमाडौं । प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक संजालको नियमन जरुरी भएको बताएका छन् । आईतबार चलचित्र विकास वोर्डमा आयोजित सामाजिक मिडिया फिल्म अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले समाजलाई गलत बाटोतिर जानबाट जोगाउँन सामाजिक सञ्जालको नियमन जरुरी रहेको बताएका छन् । सामाजिक संजालको दुरुपयोगले समाजलाई गलत बाटोतिर लाने भएकाले सरकारले मिडियालाई नियमन र अनुगमन गरी प्रभावकारी बनाउँनु पर्ने उनको भनाई छ । उनले भने ‘सोसल मिडिया आफैँमा एउटा अवसर हो सोसल मिडियाको पनि दुरुपयोग हुन दिनुहुँदैन । राज्यले सोसल मिडियालाई नियमन र अनुगमन र प्रभावकारी कसरी बनाउँन सकिन्छ भन्ने षियमा काम गरीरहेको छ प्रेस काउन्सीलले सहयोगी भूमिका खेलेको छ…

Read More

काठमाडौँ। नेकपा एमालेको प्रमुख सचेतकमा सांसद पदम गिरी नियुक्त भएका छन्। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।यस्तै एमाले सचेतकमा सांसद महेश बर्तौला नियुक्त भएका छन्। बर्तौला र गिरी दुवै विद्यार्थी राजनीतिहुँदै संसदीय राजनीति प्रवेश गरेका हुन् ।बर्तौला मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् भने गिरी पर्वतबाट निर्वाचित भएका हुन्।

Read More