काठमाडौँ। नेकपा एमालेको प्रमुख सचेतकमा सांसद पदम गिरी नियुक्त भएका छन्।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।यस्तै एमाले सचेतकमा सांसद महेश बर्तौला नियुक्त भएका छन्।
बर्तौला र गिरी दुवै विद्यार्थी राजनीतिहुँदै संसदीय राजनीति प्रवेश गरेका हुन् ।बर्तौला मकवानपुर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् भने गिरी पर्वतबाट निर्वाचित भएका हुन्।
Facebook Comments Box
