काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका छन् ।
उनले सभामुख देवराज घिमिरलेलाई पत्र लेखेर राजीनामा बुझाएका हुन् । पौडेलको राजीनामा सोमबार दर्ता गरिएको छ।
गत मंसिर ४ को निर्वाचनमा पौडेल तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । अब बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले पौडेल निर्वाचित भएको उक्त ठाउँ रिक्त रहेको जानकारी सदनलाई गराउनेछन्।
कांग्रेस वरिष्ठ नेता रहेका पौडेलले आइतबार पार्टीको साधारण सदस्यतासमेत त्यागिसकेका छन् ।
फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका उनले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।
Facebook Comments Box
