काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् ।
उनले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्ने भन्दै उम्मेदवारी नरहेको बताएकी हुन्।
उनले एक वक्तव्य जारी गर्दै प्राविधिक रुपमा उम्मेदवारको सूचीमा आफ्नो नाम रहेपनि उम्मेदवार नरहेको जानकारी गराएकी हुन्।

यो सँगै अब जसपाबाट रामसहाय नै आधिकारिक उम्मेदवार बनेका छन्। तर गठबन्धनमा आवद्ध जनमतका तर्फबाट उम्मेदवार बनेकी ममता झाका कारण भने यादव गठबन्धनका साझा उम्मेदवार बन्न सकेका छैनन्।
उपराष्ट्रपतिमा गठबन्धनका अलावा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन्।
Facebook Comments Box
