Author: खबरमञ्च
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन्। शनिवार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जेठको ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने जिकिर गरे । उनले विश्वासको मत आउँदैन की भन्ने चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिइरहेकोप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन् । नेता कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनि प्रश्न समेत गरे । उनले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री केका भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरे । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढने…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्। शनिवार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताए। उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए । उनले श्रमीकहरु ठगिनु, दुःख पाउनु नहुने बताए । सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार…
झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत हेड तथा स्पाइनल इन्जुरी सम्बन्धी सेवा सुरु भएको छ। नेपाल सरकारबाट सञ्चालित उक्त कार्यक्रम बीएण्डसी अस्पतालले सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए। उक्त कार्यक्रम अन्तर्गत नेपाली नागरिकले मात्र सेवा पाउने व्यवस्था छ। सेवा पाउनका लागि डाक्टरले बिरामीको सूचीकृत गरेर रोग बारेको प्रमाणपत्र जारी गरेपछि आफ्नो स्थानीय तहको सिफारिसका आधारमा उक्त सुविधा प्राप्त गर्न सकिनेछ। क्यानसरका बिरामीका लागि सरकारले उपलब्ध गराएको सेवा जस्तै यो सेवा रहेको अस्पतालले जनाएको छ। दुर्घटनाबाट घाइतेहरूका लागि यो सेवा बरदान सावित हुने गिरीले बताए। कोही पनि विपन्न नागरिक ‘ट्रमा’को उपचारबाट वञ्चित…
काठमाडौँ । नेपाल प्रहरीका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
काठमाडौँ । सरकारले मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । जेठ ३ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने निर्णय भएको हो । त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उहाँ यसअघि पनि सो पदमा हुनुहुन्थ्यो ।…
झापा । झापाको बिर्तामोड ४ मा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ। बिर्तामोड ३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव आज दिउँसो फेला परेको हो। शव देखेर स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। मागेर हिँड्ने व्यक्ति मृत फेला परेको स्थानीयबासीले बताएका छन्। मृतक बिर्तामोड ६ का कुर्मी थरका व्यक्ति भएको बताइए पनि त्यहाँ गएर बुझ्दा पुष्टि नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिएका छन्। बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने…
झापा । घर निर्माणका क्रममा चारतले घर माथिबाट खसेर बिर्तामोडमा एकजना मजदुरको मृत्यु भएको छ। बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा चार तला माथिबाट खसेर हिजो दिउँसो १२.५० बजे भारत बोतलवारी घर भएका २० वर्षीय चामाल हक गंभीर घाइते भएका थिए। उनलाई उपचारको लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको थियो। मृतकका आफन्त आज बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराइ आज दिउँसो मृतकका बुवालाई शव जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्।
झापा । कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव हुने भएको छ । महोत्सवको आयोजक आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश र व्यवस्थापक नेपाल चलचित्रकर्मी संघ रहेको शुक्रवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कोशी प्रदेशमा निर्माण भएका चलचित्रहरु र प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको जानकारी दिने र चलचित्र क्षेत्रमा लगानी वृद्धि एवं चलचित्र क्षेत्रको विकासमा गर्नुपर्ने कामहरुको विषयमा जानकारी दिने उद्देश्यले आगामी जेठ ६ गतेदेखि ११ गतेसम्म चलचित्र महोत्सव २०८१ को आयोजना गर्न लागेको बताइएको छ । कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायत विभिन्न जिल्लाहरुमा रहेका प्राकृतिक रमणीयस्थलहरुमा विगतदेखि नै बाक्लोरुपमा चलचित्र छायाङ्कन हुँदै आएका छन्…
विराटनगर । काेशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज्यमन्त्रीसहित आज सरकार बिस्तार गरेका हुन् । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन् । दुई राज्यमन्त्रीहरु सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी दिईने भएकाे…