झापा । झापाको बिर्तामोड ४ मा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ।
बिर्तामोड ३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव आज दिउँसो फेला परेको हो।
शव देखेर स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। मागेर हिँड्ने व्यक्ति मृत फेला परेको स्थानीयबासीले बताएका छन्।
मृतक बिर्तामोड ६ का कुर्मी थरका व्यक्ति भएको बताइए पनि त्यहाँ गएर बुझ्दा पुष्टि नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिएका छन्। बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।
Facebook Comments Box
