काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिइरहेकोप्रति आपत्ति जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।
नेता कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनि प्रश्न समेत गरे । उनले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री केका भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरे ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढने कुरामा ठूला दल काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडानसमेत दोहोर्याए ।