झापा । घर निर्माणका क्रममा चारतले घर माथिबाट खसेर बिर्तामोडमा एकजना मजदुरको मृत्यु भएको छ।
बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा चार तला माथिबाट खसेर हिजो दिउँसो १२.५० बजे भारत बोतलवारी घर भएका २० वर्षीय चामाल हक गंभीर घाइते भएका थिए। उनलाई उपचारको लागि बिर्तासिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको थियो।
मृतकका आफन्त आज बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराइ आज दिउँसो मृतकका बुवालाई शव जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्।
Facebook Comments Box